Monday 30 January 2017

नायिका केकीलाइ आयो एसिड छ्याप्ने धम्की


नायिका केकी अधिकारीले चलचित्र यात्राको क्रममा आफुलाई धेरै दर्शकको साथ मिलेको र केही धम्क्याउने पनि रहेको बताएकी छिन् । 

सामाजिक संजालमा केही समय पहिला लेखेको एसिड काण्डको विषयमा ‘कसैको मायाको स्वीकार नगर्दैमा यति ठूलो आपराधिक क्रियाकलाप गर्नु उचित होईन’ भन्ने दृष्टिकोणमा लेखेको लेखमा एक यूवकले कसैको माया नबुझ्दा यस्तै कुराहरुको सामना गर्नुपर्छ ! यो मामिलामा तिमी पनि पर्न सक्छौ ,होसियार भनेर धम्की दिएको छ' उनले भनिन् ।

साथै केकीले सो 'यूवकले आफूलाई तिम्रो सुटिङ भएको ठाँउमा म जतिबेला पनि आउन सक्छु सावधान !' भन्ने जस्ता कुराको धम्की दिएको पनि खुलाएकी छिन् । एक राष्ट्रिय पत्रिकासंगको कुराकानीमा केकीले ती यूवकको नाम भने खुलाउन चाहिनन् । आफुलाई सो कुराले धेरै सताएको पनि बताईन । 

No comments:

Post a Comment