काठमाडौं–चीनले यस वर्ष भूकम्प पूर्वानुमानका लागि स्याटालाइट पठाउने भएको छ ।इलेक्ट्रोम्यागेटिक सूचना एकिकृत गर्नका लागि यो स्याटालाइट महत्वपूर्ण हुने जनाइएको छ । चीनका अधिकारीका अनुसार यस स्याटालाइट मे महिनापछि सार्वजनिक गरिने भएको छ ।
यस स्याटालाइटको प्रयोग चीन तथा उसको आसपासको क्षेत्रको भूकम्पको वास्तविक समय पत्तालगाउन सहयोग पुग्नेछ ।
यो चीनले भूकम्पको अध्ययन अनुुसन्धानका लागि अन्तरिक्षमा पठाउन लागेको पहिलो स्याटालाइट हो । यो मिशनका डेप्युटी प्रमसख शेन शुईका अनुसार यो स्याटालाइट पाँच वर्षसम्म अन्तरिक्षमा रहनेछ । यसले ६ रेक्टर भन्दा ठूलो भूूकम्पको पहिले नै जानकारी दिने छ ।
यो स्याटालाइट प्रक्षेपण गरेपछि वैज्ञानिकहरु भूकम्प पूर्वानुमान गर्न सकिने पद्धतिको विकास गर्न बैज्ञानिकहरु लाग्ने शुईले बताए ।
No comments:
Post a Comment