नोकिया सिक्समा ५.५ इन्चको फुल एचडी डिस्प्ले स्क्रिन छ । यो स्मार्टफोन चार जीबी र्याम र ६४ जीबी आन्तरिक मेमोरी क्षमतामा आउँछ । र, यसमा ६४ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ । यसमा अगाडि आठ र पछाडि १६ मेगा पिक्सेलका दुईवटा क्यामेरा पनि छन् ।
नोकिया सिक्सको कमजोर पक्ष भनेको यसको प्रोसेसर हो । यसमा क्वाल्कम स्न्याप ड्रयागन ४३० प्रोसेसर प्रयोग भएको छ, जुन खासै शक्तिशाली होइन । यही कमजोर पक्ष नोकियाका लागि महँगो पर्न पनि सक्छ । तर, पहिलो स्मार्ट फोनमै एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम नुगाट प्रयोग गरेर नोकियाले राम्रै सम्भावना पनि देखाएको छ ।
No comments:
Post a Comment