नक्कली सट्रीफिकेट धारी आयलनिगमका कर्मचारी यसरी बिहारबाट प्रमाणपत्रबानाई नेपालमा ब्रमलुट गर्दै !
काठमाडौं, १३ माघ । नेपाल आयल निगम भ्रष्टाचारी र नक्कली सर्टिफिकेटधारी कर्मचारीको अखडा बन्दै गएको छ । यहाँ कार्यरत केही कर्मचारीले भारत स्थित विहार इन्टरमिडियट काउन्सिलबाट आईएको नक्कली सर्टिफिकेटका आधारमा जागिर खाइरहेको तथ्य फेला परेको छ ।
काठमाडौं, १३ माघ । नेपाल आयल निगम भ्रष्टाचारी र नक्कली सर्टिफिकेटधारी कर्मचारीको अखडा बन्दै गएको छ । यहाँ कार्यरत केही कर्मचारीले भारत स्थित विहार इन्टरमिडियट काउन्सिलबाट आईएको नक्कली सर्टिफिकेटका आधारमा जागिर खाइरहेको तथ्य फेला परेको छ ।कर्मचारी ‘इम्प्लोइ नम्बर’-००३६७ अर्थात प्रदीपमान बसि । जो नेपाल आयल निगम बोर्ड सदस्य समेत हुन् । नेपाल आयल निगमका छैटौँ तहको कर्मचारी उनै प्रदीपमानको सर्टिफिकेट नक्कली रहेको स्रोतले बताएको छ । स्रोतले उपलब्ध गराएको उनको सर्टिफिकेट छिमेकी मुलुक भारतमा तयार भएको देखिन्छ । यस अघि भारतकै नक्कली सर्टिफिकेट पेस गरेका नक्कली सर्टिफिकेटधारी डाक्टरलाई सिआईबीले पक्राउ गरेको थियो ।
सन् १९९२ मा बिहार इन्टरमिडिएट काउन्सिलबाट उनले पिसिएलको सर्टिफिकेट लिएको र सोही सर्टिफिकेटको आधारमा उनले नेपाल आयल निगममा जागिर शुरुवात गरेका हुन् । २०६७ देखि केही वर्ष नेपाल आयल निगमको थानकोट डिपोमा कार्यरत उनी २०७० देखि भने आयल निगमको केन्द्रीय कार्यालय बबरमहलमा छन् । नक्कली सर्टिफिकेटको आधारमा जागिरमा प्रवेश गरेका उनले आयल निगममै रहँदा अकुत सम्पत्ति समेत कमाइसकेका छन् ।
राजनीतिक पहुँचले बनायो बोर्ड सदस्य
राजनीतिक पहुँचले बनायो बोर्ड सदस्य
पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद काेर्इरालाकाे तस्बिर हस्तान्तरण गर्दै कांग्रेस नेता शशांक काेर्इराला
राजनीतिक पहुँचकै आधारमा उनी अहिले आयल निगम बोर्डको सदस्य छन् । आफ्नो सर्टिफिकेट नक्कली हुँदासमेत आयल निगमका कार्यकारी प्रमुख एमडी गोपाल बहादुर खड्कालाई रिझाएर उनी पदमुक्त हुनबाट जोगिएका कांग्रेस निकट एक कर्मचारी बताउँछन् । ‘उहाँ राजनीतिक मान्छे हो, आयल निगममा हुने सरुवा बढुवाबाट कमिश लिनुहुन्छ माथि हाकिमलाई चित्त बुझाए यहाँ जे गरेपनि छुट छ,’ ती कर्मचारी भन्छन्,‘नेताकै दबावबाट उहाँले यहाँको बोर्ड सदस्य पड्काउनु भयो ।
प्रदीपमानको बायोडाटा
अायल निगममा उनले बुझाएकाे प्रमाण पत्र जहाँ बिहार इन्टरमिडिएट लेखिएकाे छ ।
भक्तपुरका स्थायी बासिन्दा बसि (नागरिकता नम्बर ८१२०)ले २०३९ मंसिर ८ गते निगममा तीन तहको टाईपीस्टमा जागिरि शुरुवात गरेका थिए । सोही बेला उनले इनटरमिडियतको बिहारी प्रमाण पत्र निगममा बुझाएको बताइन्छ । २०६१ साल वैशाख ४ गते उनलाई चारौँ तहमा बढुवा गरिएको देखिन्छ । जतिबेला उनी अमलेखगन्जमा कार्यरत थिए । सोही समयमा उनले आर्थिक हिनामिना गरेको समेत कर्मचारीको आरोप छ । यस्तो आरोपको बीच २०६३ माघ २८ गते उनलाई ५ औँ तहमा बढुवा गरिएको थियो भने २०६८ जेठ ५ गते छैटौँ तहमा बढुवा भएको थियो ।
बाेर्ड सदस्यकाे रूपमा प्रदीप मान बसी
आयल निगम कर्मचारीको कल्याणको लागि कल्याण कोष खडा गरिएको छ । तर, सोही कल्याणकोषमा समेत उनले लाखौँ रकम हिनामिना गरेको कर्मचारीको आरोप छ । ‘त्यतिका लाखौँ रकम हिनामिना हुँदासमेत कारबाही त परैको कुरा हो छानबीन समेत भएन,’ नेपाली कांग्रेस निकट एक कर्मचारी भन्छन्,‘निगमको कर्मचारी कोषको रकम हिनामिनामा उपेन्द्र नेपाल र दिवंगत दीपक वाग्ले समेत थिए । कोषेको रकम झिकेर घर जग्गाको खरिद गरिएको थियो । यो फाइल नै गायब बनाइयो ।’
अख्तियारमा पर्यो उजुरी
यसैबीच उनको सर्टिफिकेटको विषयमा छानबीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोृगमा समेत उजुरी परेको छ । ‘उहाँ सहित केही कर्मचारीको नक्कली सर्टिफिकेटको छानबीन गर्न हामीले अख्तियार सहित विभिन्न निकायमा उजुरी परेको छ,’ स्रोतले भन्यो,‘छिट्टै यो विषयमा अख्तियारले कारबाही अगाडी बढाउँछ ।’
प्रदीपमानकाे प्रश्न,‘ तपाईंलाई कसले भन्यो ?
यस विषयमा हामीले प्रदीपमान बसीलाई सम्पर्क गरेका थियौँ । बसीले प्रश्न सोध्ने पत्रकारलाई ‘तपाईंलाई कसले भन्यो ?’ भन्दै प्रति प्रश्न गरेका थिए ।
यस विषयमा हामीले प्रदीपमान बसीलाई सम्पर्क गरेका थियौँ । बसीले प्रश्न सोध्ने पत्रकारलाई ‘तपाईंलाई कसले भन्यो ?’ भन्दै प्रति प्रश्न गरेका थिए ।
Diyo Postबाट



No comments:
Post a Comment