Tuesday, 17 January 2017

तमु धिं यूके लन्डन इकाईको ‘ल्होछार’ विविध कार्यक्रमसहित सम्पन्न

लन्डन–तमु धिं यूके लन्डन इकाइले लन्डनमा ल्होछार भब्य रुपमा मनाएको छ ।
तमु धिं यूके लन्डन इकाइले शनिबार लन्डनस्थित ग्रीनफोर्ड टाउनहलमा ल्होछार कार्यक्रम गरेको हो ।
संस्कृतिविद तथा प्राज्ञ डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धर्म गुरु नौ अवतार गतार गुरु हम्पुछेले पूजा पाठ गरि सहभागीलाई आशीर्वाद दिएका थिए ।w1
कार्यक्रम प्रमुख अतिथि प्रा. डा. जगमान गुरुङ, तमुधिं यूके लण्डन इकाईका अध्यक्ष दिपक गुरुङ, नौ लामा गुरु हम्पुछे, तमु धिं यूकेका पूर्व अध्यक्ष तथा एनआरएनए सल्लाहकार मेजर रि. डमर घले, तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष नन्दजंग गुरुङ र बीसीसी यूकेका अध्यक्ष तथा इकाइ सल्लाहकार नारायणप्रसाद गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए।महासचिव सुशील गुरुङ, पूर्ण गुरुङ र सन्जु घलेले सञ्चालन गरेको उक्त कार्यक्रम थप आकर्षक बनाउन राफल पुरस्कार पनि ब्यवस्था गरिएको थियो । w2
कार्यक्रममा तमु धि लण्डन इकाईका अध्यक्ष दिपक गुरुङ (डेबिड)ले महान पर्ब लोसार को अबगत गराउदै ल्होछार पर्व मनाउनुको उदेश्य हाम्रो सास्कृती र पहिचानलाई बचाउन र आउँदा नयाँ पीडि सम्मा पुर्याउनु को साथै आपसी सम्बन्ध लाई अझै मजबुत बनाउने उदेस्य रहेको बताए । सल्लाहकार क्या. रि. प्रेमबहादुर गुरुङले स्वागत मन्तव्य दिंदै शुभकामना दिएका थिए ।
कार्यक्रममा आयोजकले प्रमुख अतिथिलाई सम्मान गरेको थियो भने तमु धिं यूकेका निवर्तमान अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, वरिष्ठ उपाध्यक्ष नन्दजंग गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ र संस्थामा राम्रो काम गरे वापत कोषाध्यक्ष चेतप्रसाद गुरुङ र आमा समूहकी सचिव दिलमाया गुरुङ साथै धनकाजी गुरुङलाई सम्मान गरियो ।12
कार्यक्रमलाई कलाकार मनोज गुरुङको गायन तथा स्थानीय कलाकारहरु सुशील गुरुङ, मिना गुरुङ, अन्जु श्रेष्ठ, शशी गुरुङ र किशोर किशोरीले संगीतमय बनाएका थिए । सपन इन्टरटेन्टका सपन राईले डिजे डान्ससहित  सांगीतिक माहोलमा मध्यरात सम्म निकै नचाएका थिए ।

SOURCE: LONDONNEPALNEWS

No comments:

Post a Comment