उनले हालसम्म महत्वपूर्ण चारवटा विधेयक मस्यौदा समेत नभएको दाबी गरेका छन् । ‘सरकारले निर्वाचनको मिति घोषणा गर्ने सार्वजनिक प्रतिबद्धता जनाइसकेको अवस्था छ’ उनले भने– ‘निर्वाचनसम्बन्धी चारवटा महत्वपूर्ण विधेयक मस्यौदा नहुनुले कामकाज एकातिर कुम्लो बोकी अर्कैतिर भने जस्तै भएको छ ।’
२०७४ माघसम्ममा तीनवटै तहको निर्वाचन गराइसक्नु पर्ने अवस्थामा निर्वाचनको वातावरण बिगार्न नहुने उनको भनाई छ । उनले निर्वाचनको मुखमा संविधान संशोधनको विषय ल्याएर सरकारले निर्वाचनबाट भाग्ने वाहना बनाएको आरोप लगाए । उनले कसैको चित नबुझेको भन्दैमा निर्वाचन रोक्न नहुने धारणा राखे ।
No comments:
Post a Comment