Thursday, 26 January 2017

केपी ओली र सिके राउतलाई दाँज्न मिल्छ प्रधानमन्त्री ज्यू ? -

काठमाडौं, १३ माघ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुलाई राम्रो देखाउन अर्को गलत भएको कुतर्क अघि सारेका छन् । उनी भन्छन्—‘केपी ओली र सिके राउतको लाइन एउटै हो । बास्तविक राष्ट्रवादी मै हुँ ।’

नेकपा एमालेका अध्यक्ष केपी ओली र तराई— मधेसलाई नेपालबाट अलग गराउने षड्यन्त्रमा रहेका सिके राउतको राजनीतिक लाइन समान भएको आरोप लगाउदै दहालले ओलीको अतिवादी विचारले मुलुकलाई अन्ततः सिके राउतको विभाजनकारी लाइनमा लैजाने बताए ।

तर, राष्ट्र र राष्ट्रियता बचाउन आफुले चालेको कदमले कत्तिको टेवा पु¥याउछ भन्ने विषयमा उनले केहि प्रष्टयाएनन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग संविधान संशोधन र निर्वाचनका विषयमा मंगलबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले अतिवादी सोच र विचार राष्ट्रवादी हुन नसक्ने त बताए तर उनले त्यति बताइरहदा व्यवस्थापिका संसदमा एमालेको मतको ख्याल भने गरेनन् ।

संविधान भनेको मुलुकको मुल कानुन हो । त्यसमा सबैले आफ्नो अपनत्व स्वीकार्नु पर्ने विषय कसैले नकार्न सक्दैन । तर, अपनत्व दिलाउने नाममा ९० प्रतिशत जनताको प्रतिनिधित्व गर्ने सभासदहरुको हस्ताक्षर पछि बनेको संविधान परिमार्जन गरेर ६० प्रतिशतमा झार्न कुनै पनि राजनेता र दललाई जनताले छुट दिदैनन् ।

हो हिमालमा बस्नेपनि, पहाडमा बस्नेपनि र तराईमा बस्ने पनि एकै प्रकारका नेपाली हुन् । प्रधानमन्त्रीले भनेजस्तै मधेस र पहाडका बीचमा दरार पैदा हुनुहुदैन । दरार पैदा गराउनेभन्दा तराई, पहाड र हिमाललाई एकताबद्ध गराउने राष्ट्रवादी हुन्छन् ।
newsabhiyan
हो सिके राउतले नेपालाई विखण्डन गराउने अभिव्यक्ति दिएका छन्, उनका हर्कत पनि त्यस्तै देखिन्छन् । तर, उनकै दाजोमा एमाले अध्यक्ष ओली त पुगेका छैनन् । उनले तराई र मधेसलाई छुट्टयाउने अभिव्यक्ति पनि राखेका छैनन् । फेरी जनमत हेर्ने हो भनेपनि प्रधानमन्त्री ज्यूको पार्टीको भन्दा एमालेकै धेरै छ । तसर्थ, तराई र पहाडबीच मतान्तर ल्याउन खोज्ने ओलीभन्दा आफू राष्ट्रवादी भएको उनको दाबी खेदजनक छ ।

‘अतिवादीहरु कहिल्यै राष्ट्रवादी हुन सक्दैनन्, केपी ओली र सिके राउतको गतिविधिले ल्याउने परिणाम एउटै हो’, प्रधानमन्त्रीले भनेका छन् । पहाड र मधेसलाई एकै स्थानमा जोडेर प्रदेश निर्माण गर्नुपर्छ भन्दा कसरी ओलीले साम्प्रदायिक कुरा गरेको ठहर्ने हो त्यो पनि बुझ्न कठिन छ ।

ओलीले मधेसी जनताको भावनामा चोट पु¥याउने र विभाजनको बिउ रोप्ने काम गरिरहेको आरोप प्रधानमन्त्रीले लगाएपनि ओलीका क्रियाकलाप उनको आरोपसंग मेल खाने देखिन्नन् । अतिवादी सोचले राष्ट्रियता बलियो हुदैन र मुलुकको समृद्धि पनि हुन सक्दैन ।

तर,  संविधानको स्वीकार्यता बढाएर हिमाल, पहाड र तराईलाई एकताबद्ध बनाउने ध्यय आफ्नो भएको भन्दै ९० प्रतिशतको अपनत्व छ ६० प्रतिशतमा झार्न त पाइन्न नि प्रधानमन्त्री ज्यू । मुलुक ठुलो कि तपाईको पद ठुलो प्रधानमन्त्री ज्यू ।



No comments:

Post a Comment