महिलाको सममति बिना नै कण्डम झिक्ने ती व्यक्तिलाई जागिरबाट समेत एक वर्षका लागि हटाइएको छ । नाम नखुलाइएका ती व्यक्तिले यौन सम्बन्ध राखेका ती महिलालाई चर्चित एप ‘टिन्डर’ मार्फत भेटेका थिए ।
उनीहरुबीच यसअघि देखि नै यौन सम्बन्ध रहँदै आएको थियो । उनले जुन २०१५ मा नै यौन सम्बन्ध राखिसकेका थिए ।
स्वीटजरल्यान्डको लाउसान्नेस्थित अपराध अदालतले महिलाको पक्षमा फैसला गर्दै उनले कण्डम प्रयोग गरेर यौन सम्बन्ध कायम गरेपनि उनको सहमति बिना नै कण्डमबिनै यौन सम्बन्ध भएपनि बलात्कारमा दोषी ठहर गरेको हो ।
पीडितका वकिलले भने यस्तो निर्णय स्वीट्जरल्यान्डमा नै पहिलो भएको बताएका छन् ।
सन् २०१० मा पनि स्वीट्जरल्यान्डमा यस्तै प्रकारको बहस चलेको थियो जुनबेला विकिलिक्सका संस्थापक जुलियन असान्जले दुई महिलाहरु सोफिया विलेन र अन्ना आर्डिनसँग गोप्य रुपमा सम्बन्ध राखेको खबर बाहिर आएको थियो ।
No comments:
Post a Comment