काठमाडौं, माघ १५ । चर्तित र्यापर गायक यमबुद्ध (अनिल अधिकारी) को अन्तिम दाहसंस्कार गरिएको छ । शव शनिबार नेपाल ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
उनको शव इत्तेहाद एयरको विमानबाट अपराह्न ४ बजे काठमाडौं ल्याइएको थियो । शव लिन विमानस्थलसम्म उनका सयौं फ्यानहरू पुगेका थिए ।
विमानस्थलबाट शवयात्रासहित यमबुद्धको शव प्रज्ञा भवन, कमलादी लगिएको थियो । त्यहाँ उनलाई थुप्रैले अन्तिम श्रद्धाञ्जली दिए ।
यमबुद्धको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा परिवारजन, आफन्त तथा फ्यानहरूको बाक्लो उपस्थिति थियो ।
श्रीमतीसँग लन्डन साउथ हृयोरोस्थित घरमा बस्दै आएका यमबुद्धले माघ १ गते आत्महत्या गरेका थिए । २९ वर्षीय अधिकारी घरको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
Source: koshionline
No comments:
Post a Comment