– सन्तोष यादव
सिरहा, १५ माघ । भूमिपुत्र रैथाने मधेसीका अधिकार रक्षाका लागि मधेसमा रैथाने एकता परिषद् स्थापना भएको छ । शनिबार सन्तोष बराइलीको नेतृत्वमा परिषद् स्थापना गरिएको हो ।
मधेसवादी दलका नेताहरुले पुस्तौंदेखि बस्दै आएका भूमिपुत्र रैथाने मधेसीका अधिकार खोस्ने र अंगीकृतहरुको स्वार्थ स्थापना गर्न सक्रिय रहेका बेला परिषद् गठन भएपछि मधेसमा नयाँ तरंग पैदा भएको छ ।
शनिवार दिउँसो सिरहाको मिर्चैयामा विशाल मोटरसाइकल र्यालीसहित लहानमा कोणसभा गरी रैथाने एकता परिषद् घोषणा गरिएको संयोजक बराइलीले जानकारी दिए । उनका अनुसार परिषद् राजनीतिक पार्टी नभएको र जुनसुकै विचारमा आस्था राख्ने नेपालीहरु यसमा संगठित हुन सक्ने जनाइएको छ ।
भूमिपुत्र रैथाने मधेसीलाई कमजोर पार्न भारतको स्वार्थमा भूमिपुत्र रैथाने मधेसीका अधिकार खोस्न मधेसी मोर्चा सक्रिय रहेको परिषद्को निष्कर्ष छ ।
‘हिमाल, पहाड, तराई नेपालको अविच्छिन्न भूभाग हुन् र यहाँ पुर्खाैंदेखि बसोबास गर्दै आएका सबै नेपाली हुन् भन्ने भावना विकास गर्न, मधेसी, थारु, दलित, मुश्लिम, पहाडि सबै जात, धर्म, सम्प्रदाय र क्षेत्रका बासिन्दाबीच सद्भाव कायम गर्न र विकास गर्न, जात, भाषा, धर्म, रंग, क्षेत्रका बासिन्दाबीच बढाउन खोजिएको कटुता अन्त्य गर्न र एकता विकास गर्न, पुस्तौदेखि नेपाली जमिनमा हुर्किएका, यहाँको हावा, पानी, जमिनबाट सिञ्चित रैथानेहरुलाई एकिकृत बनाउन, सबै जात—जाति, भाषा—भाषी, धर्म, क्षेत्रका रैथाने नेपालीलाई अधिकार दिलाउन, सबै खाले रैथाने नेपालीको भाषा, धर्म, संस्कृतिको संरक्षण गर्न र विकास गर्न परिषद् गठन गरिएको हो’ परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
No comments:
Post a Comment