काठमाडौं, १७ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय सार्वजनिक लेखा समितिको सभापतिमा निर्वाचित भएका छन् ।
विपक्षी उम्मेदवार पशुपति चौलागाईंलाई ७ मतले हराउँदै माओवादी र कांग्रेससहितका सत्तापक्षीय उम्मेदवार उपाध्याय सभापति निर्वाचित भएका हुन् ।
समितिको सोमबार भएको निर्वाचनमा उपाध्यायले २३ मत पाए, भने एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत प्राप्त गरे । निर्वाचनमा रोचक त के भयो भने सत्तापक्ष राप्रपाले एमाले उम्मेदवार चौलागाईंलाई भोट हाल्यो ।
माओवादी नेता जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि सार्वजनिक लेखा समिति सभापति पद रिक्त थियो
No comments:
Post a Comment