Monday 30 January 2017
आफ्नो गाडीको बाटो छेकेको भन्दै मन्त्रीले बस ड्राइभरलाई कुटेपछि…
काठमाडौं, १७ माघ । आफ्नो गाडीको बाटो छेकेको भन्दै एक मन्त्रीले स्कुल बसका चालकलाई कुटपीट गरेका छन् ।
घटना भारतको हिमाञ्चल प्रदेशस्थित काँगडा जिल्लाको इन्दौर चलोह गाउँको हो । जहाँ वनमन्त्री ठाकुर सिंह भरमौरीले आफ्ना अंगरक्षकसँग मिलेर शुक्रबार दिउँसो तीन बजेतिर स्कूल बस गुडाइरहेका चालक रुप लाललाई आफ्नो गाडीलाई पास नदिएको भन्दै सडकमै कुटेका थिए ।
यतिमात्रै होइन् मन्त्रीले बस चालकको जागिर पनि खोसिदिए र बसको चलान पनि काटिदिए । यता प्रहरीले तीन दिन वितिसक्दा पनि मन्त्रीविरुद्ध उजुरी दर्ता नगरेपछि स्थानीय आक्रोशित बनेका छन् र प्रहरी कार्यालय अगाडि नाराबाजी गरिरहेका छन् ।
यता मन्त्री ठाकुरले कुटपिट गरेको आरोपलाई झुटो भनेका छन् । प्रहरीका डीएसपी धर्म चन्द वर्माले घटनाको अनुसन्धान भइरहेको र दोषीलाई उचित कारवाही हुने प्रतिक्रिया दिएका छन् । उनले अनुसन्धानपछि उजुरी लिइने आश्वासन पनि दिएका छन् ।
यता आक्रोशित स्थानीयले प्रहरीले उजुरी दर्ता नगरे मुख्यमन्त्रीकहाँ जाने चेतावनी दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment