प्राधिकरणले काठमाडौं क्षेत्रीय कार्यालयका ७ सय ८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३ सय ५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३ सय २९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २ सय ९२ र बुटवल क्षेत्रीय कार्यालयमा २ सय ६५ जना कर्मचारीको सरुवा गरेको हो ।
त्यस्तै पोखरा क्षेत्रीय कार्यालयमा सय १ सय ६६, नेपालगन्ज क्षेत्रीय कार्यालयका १ सय ६१ र अत्तरिया क्षेत्रीय कार्यालयमा १ सय ३२ कर्मचारी सरुवा भएका छन् । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडसेडिङ हटाउने अभियान अन्तर्गन यो पहिलो चरणको सरुवा भएको भन्दै अझै पनि सरुवा हुने बताउनुभएको छ ।
विरोधमा कर्मचारीको आन्दोलन
विद्युतको मिटर विगारेको आरोपमा १६ जना पक्राउ परेको विरोधमा कर्मचारी ट्रेड युनियनहरुले आन्दोलन थालेका छन् । उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गरेका छन् । कर्मचारीको विरोधलाई उर्जा मन्त्रालयले पक्राउ परेकाहरुलाई उन्मुक्ति दिन दिएको दबाबको संज्ञा दिएको छ ।
No comments:
Post a Comment