बुधबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा त्रिलोचन क्रिकेट क्लव गोठलापानीलाई ३५ रनले पाखा लगाउदै योङ्ग स्टारले एक खेल अगाबै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । टस जितेर ब्याटिङ्ग रोजेको योङ्ग स्टार ३३ दशमलव ३ ओभरमा १८९ रनमा समेटियो । १९० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको त्रिलोचन २७ दशमलव २ ओभरमा बनाउदा १५४ रनमा अलआउट भएको हो ।
यसैविच त्रिलोचन क्रिकेट क्लव प्रतियोगिताबाट बाहिरिएसंगै यसअघि नै लिग चरणका दुई वटा खेल जितिसकेको निङ्गलाशैनी क्रिकेट क्लव (एनसिसी) देहिमाण्डौं पनि सेमिफाईनल प्रवेश गरेको छ ।
यस्तै बुढाबाजे क्रिकेट मैदान, रातामाटामा बुधवार नै सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको जगन्नाथ क्रिकेट क्लवले २७ दशमलव १ ओभरमा १६० रनमा अलआउट भयो । १६१ रन पन्छाएको त्रिपुराले जिवन महरले २८ रनको मद्दतले ७८ रन मात्रै बनाएपछी ८२ रनले हार बेहोरेको छ ।
प्रतियोगिता अन्र्तगत बिहीवार लिग चरणका अन्तिम दुई खेल हुने भएका छन । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने खेलमा निङ्गलाशैनी क्रिकेट क्लव ( एनसिसी )ले योङ्ग स्टार क्रिकेट क्लव मेलौलीको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा जगन्नाथ क्रिकेट क्लबले कालाशैनी क्रिकेट क्लवसंग प्रतिस्प्रर्धा गर्ने भएको छ ।
बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार ट्रफी र प्रमाणपत्र, द्वितियलाई नगद २५ हजार ट्रफी र प्रमाणपत्र दिईने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् । यस्तै म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने छ ।
No comments:
Post a Comment