काठमाडौं, १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई अमेरिका प्रवेशमा रोक लगाउनेबारे परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ ।
बीबीसीका अनुसार मुस्लिम बाहुल्य भएको विभिन्न सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेका ट्रम्पले पाकिस्तानमाथि पनि प्रतिवन्ध लगाउनसक्ने जनाइएको छ ।
आप्रवासीमा माथि कडारुपमा उत्रिएका ट्रम्पले पाकिस्तानलाई पनि सूचीमा राख्ने तयारी गरेको ह्वाइ हाउसका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ‘पाकिस्तानलाई पनि सूचीमा राख्ने विषमा छलफल भइरहेको छ,’ ह्वाइ हाउसका ती अधिकारीले भने ।
यसैबीच ह्वाइट हाउनका प्रमुख राइस प्रीबसले अस्थायी बन्देजको सूचीमा अमेरिकामा समस्या भएमा पाकिस्तान र अन्य देशहरुपनि सूचीमा समावेश हुनसक्ने स्पष्ट पारेका छन् ।
No comments:
Post a Comment