Friday, 27 January 2017
कतै तपाईलाई मुसाले सताएको छ ? यी उपाय अपनाउनुहोस्
कतै तपाईलाई मुसाले सताएको छ ?
यी उपाय लगाए पछि तपाईको घरमा कहिल्यै आउँदैनन् मुसा ।
घरमा मुसाले सताएर दिक्क पर्नुभएको छ ?
घरमा राखेको सामान मुसाले खाइदिएर, फोहोर गरेर दिक्क पर्नुभएको छ भने हामी तपाईलाई मुसा भगाउने गतिलो उपाय हामी सिकाँछौ ।
यो कुरा तपाईलाई जानकारी छ ? मुसा आउने जाने बाटो प्राय एउटै हुन्छ ।
त्यही बाटोमा मुसालाई प्याज काटेर राखिदिनुभयो भने मुसा भाग्छ ।
किनकी मुसालाई प्याजको गन्ध मन पर्दैन ।
जुन बाटोबाट मुसा ओहोर दोहोर गर्छन् त्यही बाटोमा रातो खुर्सानीको पाउडर हालीदिनुभयो भने मुसालाई श्वासप्रश्वासमा समस्या पर्छ र मुसाहरु त्यहाँबाट भाग्छन् ।
मुसा आउने स्थानमा बेबी पाउडर छर्किदिनुहोस् र मुसा बढी हिँडडुल गर्ने स्थानमा पनि छरिदिनुभयो भने यसले मुसालाई असर गर्छ ।
मुसा मार्ने साँचोमा अड्काएर राखिदिनुभयो भने त्यही खाने लोभले उ त्यहाँ फस्न पुग्छ ।
मुसा चिप्काउने साधन पनि पाउछ त्यको प्रयोग गर्न सक्नुहुन्छ ।
मुसा बढी आउने ठाँउमा मानिसको कपाल छोडीदिनुहोस्, मुसाले झुक्कीएर कपाल खायो भने उसको मृत्यु हुन्छ ।
Labels:
Rochak Khabar
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment