Tuesday, 17 January 2017

खै कसरी शुरु गरौँ मुना तिम्रा कथा

लेखक: कमल नाथ पौडेल खै कसरी शुरु गरौँ मुना तिम्रा कथा व्यथालाई, मन त थिएन के गर्नु उठिसकेका यी निर्दोष मनका भावनाहरु तिमिलाई पस्कदै छु तर तिमिले मलाई लेख्ने अधिकार त दिन्छौ होलानी ? मुना आकाशमा देख्छु ति चम्किला ताराहरु, धर्तीमा हेर्छु अध्यारा गल्लिहरु र बिहानीमा हेर्छु ति सेता ट्लकिएका हिमशिखरहरु बाट जलन भई पोखिएका आँसुहरु । म चाहन्थे पिडा बिसाउने चौतारी, सुन्दर र उज्यालो भविष्य। मैले यहाँ तिमिलाई अशान्त मन र जलिरहेको मुटुबाट उपहार वा सौगात प्रेषित गरिरहेको छु। यो संसारमा तिमि मेरो लागि एक मुख्य पात्र हौ, तिमि बिनाको मेरो सपना अधुरो रहनेछ । आजसम्म तिमिले बिभिन्न खाले कष्ट व्यहोर्नुका साथै कठोर संघर्ष गर्दै आएकी छौ, म साह्रै दूखि छु मलाई थाहा छ । तिम्रो मर्म तिमि मेरी साथी हौ मैले हरपल जुनसुकै अवस्थामा पनि तिमिलाई साथ दिनुपर्छ, दिने पनि छु । चाहे म शहिद बन्न किन नपरोस मेरा भावना लाई बुझ्ने कोशिस गर्नु । मुना तिमि भर्खर बामे सर्दैछौ जनताका लागि दृढ संकल्प बोकेर तर यहाँ कानुन र न्याय मानिसको शक्तिको आधारमा मात्र लागु भयो किनकि न यहाँ विचार हुन्छ न मूल्य हुन्छ न मान्यता हुन्छ, आफ्ना स्वार्थका लागि राष्ट्रलाई संकटमा पार्ने खेल मात्र हुने भए । मैले तिम्रा सम्पूर्ण बैशहरु र सारा समस्यालाई काँधमा राखेर हिडे । तिम्रा लागि म आफु जोखिममा परेर पनि मैले सारा पुराना असमानतालाई हटाएर नयाँ जीवनको गोरेटो कोर्नका लागि निरंकुशतन्त्रसँग लडे । देशका लागि दिलो ज्यान दिने ति शहिद र शक्तिहरु बलिया भएका कारणले र तत्कालिन शासकसँग राजनीतिक, कार्यनीतिको दृष्टिकोणले कार्य एकता गरि निरंकुश साशनको अन्त्य गरि तिमिलाई स्थापना गरे तर तिमिलाई तत्कालिन शासकबाट पुन जरैदेखि उखेल्ने प्रयास भयो न तिमीलाई हुर्किन दिए न बढ्न दिए । हामीसँग गरेका राष्ट्रिय एकता, प्रतिबद्दताहरु र कार्यान्वयन सन्दर्भमा बैरगमनले ठुलो फाइदा लियो । हामी न्यायका लागि प्रत्येक न्यायालयका ढोका घचघच्याउन पुग्यौ तर हाम्रा आवाज सुन्ने त्यहाँ कोहि भएनन् निरंकुस तानाशाह व्यवस्थाको अगाडि । तिस बर्षसम्म तिम्रा मान् मर्यादालाई कैद गरियो । कुनै बेला यस्ता पिडा पनि आउदा रहेछन जुन अरुलाई सुनाउन सकिदो रहेनछ । आज सोच्छु हाम्रा पनि केहि गल्ति र त्रुटी भएकि ? पुराना सोच र पुराना संरचना बाट चल्न खोजियोकि ? आर्थिक, सामाजिक, राजनीतिक, सास्कृतिक परिबर्तन गर्न सक्ने खालको काम गर्न सकिएनकि ? र अर्को कुरा आफना सहकार्यबाट अगाडि बढ्न नदिने खेल, आन्तरिक कलह र अन्तर्घात गर्नेलाई दण्डित गर्न सकिएनकि ? अब हामीले पुराना सोचलाई बिर्सिएर नयाँ सोचको कार्यान्वयन गरि सत्तरी बर्षसम्म पाएका विभिन्न कठिनाईहरुलाई मध्य नजर गर्दै राष्ट्रिय एकताको लागि सबै एक भई सहकार्य र नयाँ ऐतिहासिक प्रयोगबाट नयाँ परिबर्तनका लागि अगाडि बढ्ने काम गर्नुपर्छ । सिद्दान्त, विचार, नीति र पद्दति जन्म सिद्द अधिकारको रुपमा र ब्यक्तिमुखी नभई नीतिमुखी बनाउनु पर्छ । नीति र विचार सिरानी मुनि राख्नु हुदैन । हामी सिद्दान्त, विचार, नीति र पद्दतिको बारेमा चिन्तित हुनुपर्छ। मुना तिमि आज करिब ७० बर्षकी भयौ तर माया उमेरसँग होइन मनसँग र बिश्वासका साथै इमान्दारीसँग हुन्छ। यो ऐतिहासिक क्षणमा तिम्रो नाम परिबर्तन गरि शान्ती राखेको छु। गौतम बुद्धले जसरि ज्ञानका ज्योति संसार भरी फैलाए, त्यसैगरि तिमीले पनि शान्तिको ज्योति फैलाउनेछौ । तिमिले गाउँ, समाज र राष्ट्रलाई बदल्ने छौ । तिमिले मेरो भावनालाई सधै शिरोधर राख्ने छौ भन्ने आशा लिएको छु । हाम्रो भावना र लक्ष भनेको देशलाई टुक्रन नदिनु,  विश्वमा सबल र सक्षम राष्ट्र भनि चिनाउनु र राष्ट्रका गरिब जनताले अब उप्रान्त देशका लागि रगतको खोला बगाउनु नपरोस । खाडीमुलुकबाट प्रत्येक दिन आउने नेपाली दाजुभाई र दिदीबहिनीहरुको लास सदाका लागि अन्त्य होस् । देशमा बेरोजगारी भई विदेश गएका आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुले दुख्ख गरि पठाएका पैसाले देश चलाउन नपरोस् र सारा देशमा भएका अधुरा सपनाहरु पुरा होउन् । देशमा एउटा नौलो इतिहास कोरियोस, जसले देशका जनताको हक अधिकार सुनिश्चित, देशमा आर्थिक उन्नति र एकसय पच्चीस जनजातीलाई एउटै छाना मुनि राख्न सकियोस । अर्कोकुरा के भने आफ्नो देशको खेतबारी बाझो राखी चामल, गहुँ जस्ता खाध्यान्न विदेशबाट खरिद गर्ने, देशमा नदीनाला भए पनि विदेशबाट बिधुत खरिद गर्ने, जनतालाई भोकै नांगै}} राखेर नेतालाई अत्यधिक सेवा सुबिधा दिने, तानाशाहका  विरुद्ध कार्यकर्ता र शहिदका परिवारलाई अर्काको घरमा आश्रित हुने, रगतको राजनीति गर्ने अबस्थाको अन्त्य होस् । बिचार, मुल्यांकनको राजनीति मात्र होस् न कि गुटतन्त्र, गिरोह र भागबन्डाको । सबै जनतालाई योग्यता र क्षमताका आधारमा आफुलाई स्थापित गर्ने बाताबरण बनोस् । यहाँ बिगतका क्रियाकलाप नजिकबाट नियालेर हेर्दा राजनीतिक नेताहरुले बिस्तारै बिस्तारै जनतालाई भष्म पार्न खोजेका जस्तो लाग्छ त्यसको अन्त्य होस् । यहाँ बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियाका भक्त मात्र भए, धर्म र सस्कृतिको बारेमा ज्ञान भएन । सबै भन्दा अग्लो कुर्चीमा बसेर प्रबचन दिने काम मात्र भए । सबै मित्रबत सम्बन्धलाई त्यागेर अरुको ज्यान लिने काम मात्र भए । भगवान गौतम बुद्धको जन्मभूमिमा बद्शालाहरु खडा भए । यहाँ शान्तिको नाममा प्रत्यक दिन शहिदको घोषणा हुने काम भए । भौतिक बैभबको अपेक्षा नगर्ने प्रतिबद्दतालाई कुठाराघात गरि धन सम्पति र बिलासितालाई प्राथमिकता दिइयो । पदीय लाभको फाइदा उठाई राज्यका श्रोतमा सहज पहुच उपलब्ध गराइयो । भ्रष्ट मानिसले आफुलाई शक्तिशाली देखाई राजनैतिक शक्तिमा आउने भए । यहाँ केवल धनले मात्र मानिसको राम्रोजन्म, उचितव्यवहार र असल गुणको परिचय पाउने भयो (टका कर्ता टका हर्ता टका मोक्ष ! टका सर्बत्र पुज्यन्ते बिना टका टकटकाएका) । यी सबै कुराको अन्त्य गर्नुपर्छ । हामीले हिमाल, पहाड, तराई र मधेशका सबै भावनालाई पनि कदर गर्नुपर्छ। अँ त मुना उर्फ शान्ती, आज किन खुशी छु मलाई आज के भैरहेको छ खै, कसरि म आफ्ना मनका  भावना व्यक्त गरौँ ? मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन। कति लेखु, जति लेखेपनि थाक्दैनन यी औलाहरु, अनि सकिदैनन मेरो मनभित्रका शब्दहरु । जति कुरा  लेखे  पनि प्रत्येक शब्दले  भनि रहेको छ  कि I यो हाम्रो निर्णयले नै राष्ट्र र निमुखा जनताको जीवनको बाटो निर्धारण गर्नेछ। हस्त आजलाई यति । -

No comments:

Post a Comment