प्राधिकरणले लामो समयसम्म एकै ठाउँमा बसेका मिटर रिडरले ग्राहकसँग मिलेर मिटर बिगार्ने गरेकाले त्यस्तो प्रवृत्ति राक्न भन्दै करिब २५ सय कर्मचारीको एकैसाथ सरुवा गरेपछि कर्मचारी सरुवा गरेको स्थानमा पुग्न समय लाग्न सक्ने भन्दै यस्तो सूचना जारी गरेको हो । कर्मचारीका संघ संगठनले सरुवाको विरोध गर्दै निर्णय सच्याउन दबाब दिइरहेका छन् ।
‘नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका वितरण केन्द्रहरुमा कर्मचारी व्यवस्थापनका कारण दैनिक मिटर रिडिङ गर्ने कार्यमा कथंदाचित तोकिएको मितिमा रिडिङ हुन नसकेमा सम्बन्धित ग्राहकहरुले आफ्नो मिटरमा उठेको अंक टिपी सम्बन्धित विद्युत महसुल बुझाउने आय काउण्टरमा गई विद्युत महसुल भुक्तानी गरी रिवेटसमेत लिन हार्दिक अनुरोध गर्दछौं । यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी छ’, प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
No comments:
Post a Comment