Thursday, 26 January 2017

ओलीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई के सन्देश पठाए ?

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाइ तथा सफल कार्यकालका लागि शुभकामना सन्देश पठाउनुभएको छ ।

सन्देशमा अध्यक्ष ओलीले सन् १९४८ मा कुटनीतिक सम्बन्ध स्थापना भए यता नेपाल र अमेरिकाबीच लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारका मूल्यमान्यताबीच साझा अवधारणा रहँदै आएको बताउनुभएको छ ।

नेपालको आर्थिक विकासमा अमेरिकाले पुर्याउँदै आएको विविध सहयोगको स्मरण गर्दै अध्यक्ष ओलीले आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने अपेक्षा व्यक्त गर्नुभएको छ ।

उहाँले आफू उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा समकक्षी कोण्डोलिजा राइससँग मिलेर भुटानी शरणार्थी समस्या लगायत विविध बिषयमा गरेको सहकार्यको पनि स्मरण गर्नुभएको छ ।

No comments:

Post a Comment