यता आमा अस्पतालमा असह्य पीडामा रहँदा उता घरमा आमाको काख नपाउँदा उनकी डेढ वर्षीया छोरी तड्पिरहेकी छिन् । गत बिहीबार घरमा सामान्य झगडा भएपछि श्रीमान राजेन्द्रले सुनितालाई मट्टितेलको टुकीले मुखमै हानेका थिए । आगोले उनको छाती माथिको भाग र एउटा हात नराम्ररी जलेको छ ।
गाउँलेको सहयोगमा स्थानीय अस्पताल पुर्याइएकी सुनिताको त्यहाँ उपचार हुन नसकेपछि ‘अग्नि हिंसापीडित’ संस्थाको सहयोगमा काठमाडौँ ल्याइएको वर्न वार्डकी नर्सिङ इन्चार्ज अर्चना रञ्जीतले बताइन् । सुनिताको अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सक डा प्रितेश जैसवालले बताए । अहिलले उनलाई सो अस्पतालको अति सघन कक्षमा उपचार भइरहेको छ । “धुवाँले फोक्सोमा कति असर गरेको छ भन्ने पत्ता लागेपछि
छोराले बुहारी जलाउने प्रयास गरे लगत्तै फरार भएपनि सुनिताकी सासूले उनलाई उपचार गर्न काठमाडौँ ल्याएकी हुन् । “हामी सँगै बस्दैनौँ । घर अलि टाढा छ । उनीहरुबीच के भएर यस्तो घटना घट्यो मलाई थाहा भएन,” उनकी सासू दुखानाले भनिन्,। उनका अनुसार छ महिनादेखि छेरा बुहारी अलग अलग बस्दै आएका थिए । दुई वर्षअघि भारतको गोरखपुरस्थित दोहरियाबाट सुनिता विवाह गरी नेपाल आएकी थिइन् । श्रीमान रिक्सा चलाउने गर्थे । यसैबीच महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गई सुनिता र उनका आफन्तलाई भेटी सम्पूर्ण उपचार सरकारले बेहोर्ने र दोषीलाई कुनै हालतमा उम्कन नदिने बताएका छन् । उनले सुनिताको उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।
“अब कोही पनि छोरी कुनै कारणले हिंसाको सिकार भई उपचारबाट वञ्चित हुन नदिन मन्त्रालयले ‘क्विक रेन्सपोन्स’ टिम बनाएको छ । टिमले यस्ता हिंसात्मक घटनाबाट महिला उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्था आउनबाट रोक्न काम गर्नेछ,” मन्त्री खड्काले भने । यसका लागि दुई हप्तामै नियमावली बनाई अपराधीलाई कारबाहीको कठघरामा ल्याउन सहयोग गर्ने उनले बताए । रासस
No comments:
Post a Comment