Tuesday, 17 January 2017

निर्माता तथा कलाकार दीपकराज गिरीमाथि अनुसन्धान चल्दै : प्रहरी -

काठमाडौं, ४ माघ  । २०७२ सालको ब्ल्कबस्टर चलचित्र ‘छक्का पञ्जा’ले केही समयदेखि नेपाली चलचित्र बजारमा कुनै न कुनै माध्यमबाट चर्चा कमाइरहेको छ । चलचित्रको राम्रो समीक्षा आएपछि दर्शकहरू हलमा ओइरिए अनि फिल्म सुपरहिट भयो ।

अहिलेसम्मकै सबभन्दा धेरै कमाइ गर्ने नेपाली चलचित्रमा दरियो यसको नाम । महिला निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रले मल्टिप्लेक्सहरूमा सय दिन मनाएर नयाँ रेकर्ड पनि कायम ग–यो ।

तर सय दिन मनाएको उल्लासकै बीच चलचित्र पाइरेसी भएर युट्युव मार्फत सार्वजनिक भयो । अनि विदेशमा रहेका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो चलचित्र पाइरेसी भएर विदेशमा देखाउन नपाएको गुनासो सहितको फेसबूक स्टाटस लेखे ।

उनले स्टाटसमा दोषीलाई कानून अनुसारको कारवाही हुने कुरा पनि उल्लेख गरेका थिए । ‘छक्का पञ्जा’ पाइरेसी भएपछि युट्युबमार्फत चलचित्र आधिकारिक रूपमा सार्वजनिक पनि गरियो । यही क्रममा ‘छक्का पञ्जा’को पाइरेसी मुद्दा खेपिरहेका युवामध्ये एक (कृष्ण सुवेदी) ले आत्महत्या गरे ।

सुवेदीले लेखेको आत्महत्यापत्रमा ‘यस्तै हुन्छ भन्ने थाहा थियो’ भनी उल्लेख छ । यही आधारमा उनको परिवारले यो आत्महत्या नभई हत्या भएको आरोप लगाएको छ । यही कुरालाई समातेर सामाजिक सञ्जालमा गिरीको चर्को आलोचना भयो ।

आत्महत्या गर्ने युवकलाई ‘छक्का पञ्जा’को टोलीले धम्क्याएको आरोप लाग्यो । यता गिरीले फेसबूकमा अर्को स्टाटस लेख्दै ‘सबैको भलो चाहने मान्छेलाई विनाकारण आरोप लगाइएको’ गुनासो पोखे । उनले आफू दोषी देखिए सजाय भोग्न तयार भएको समेत स्टाटसमार्फत प्रस्ट पारे । यस मुद्दामा प्रहरी अनुसन्धान जारी छ ।

उता अर्का हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा) ले दीपकराज गिरीलाई आफूले धेरै पहिलेबाट चिनेको बताउँदै उनी अरूलाई धम्क्याउने खालको मान्छे नभएको बताएका छन ।

गिरीले यसभन्दा पहिले एक युवाले चलचित्र पाइरेसी गर्दा पनि उसको जिन्दगी बिग्रन्छ भनेर सामान्य चेतावनी दिएर छाडिदिएको स्मरण गरेका छन । ‘आरोप सत्य प्रमाणित भएमा सजाय भोग्छु भन्दाभन्दै पनि आरोप लाग्दैमा मानिसले यसरी गाली नगरेको भए हुन्थ्यो’ उनले फेसबुकका दुखेसो पोखेका छन् ।

अहिले बजारमा दीपकराज गिरी दोषी कि निर्दोषी भन्ने बहस चलिरहेको छ । प्रहरीको अनुसन्धान पूरा नहुञ्जेल यसै हो भन्ने स्थिति छैन ।


newsabhiyan

No comments:

Post a Comment