काठमाडौं, माघ १५ । सोनाम ल्होसारका अवसरमा बौद्ध तामाङ कल्याणकारी गुठी टुसाल युवा क्लबले प्रभातफेरी निकालेको छ ।
विभिन्न बाजागाजा, झाँकी र परम्परागत भेषभुषासहित निकालिएको प्रभातफेरी बौद्ध क्षेत्रको परिक्रमापछि बौद्ध स्तुपा पुगेर टुंगिएको थियो ।
सोनाम ल्होसारको अवसरमा बौद्धस्थित बौद्धनाथ स्तुपाको चार ढोका खोली अवतारी धर्म गुरु रेम्पोर्छे भूपतिबज्र लामाले साङलुङपूजा गरी स्तुपालाई चोख्याइएको छ ।
तामाङ समुदायको विषेश चाडको अवसरमा उनीहरुले सबैमा सुख, शान्ति, समृद्धि र एकताको कामना गरेका छन् ।
परम्परा, चाड पर्व, धर्म संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय पहिचानको परिचय दिन र ल्होसार पर्वले जातीय सद्भाव, सदाचार र भाईचाराको सन्देश दिने विश्वास उनीहरुले गरेका छन् ।
ImageKhabarबाट
No comments:
Post a Comment