बाल्यकालमा करणजित कौर भोहोराको नामबाट बोलाइने भएपनि पोर्न फिल्म खेल्न थालेपछि आफ्नो परिचय फेरिएकी सन्नीको जीवनचित्र मोस्ट्ली सन्नीमा ओसामा बिन लादेन उनको निकै ठूलो प्रशंशक भएको देखाइएको छ । दिलीप मेहताले निर्माण गरेको वृत्तचित्रमा सन्नीले जीवनमा भोगेका उतारचढावका सत्य कथालाई चित्रण गरिएको छ । युबट्युवमा ट्रेलर रिलिज भइसकेको वृत्तचित्रमा जिष्म–२, रागिनी एमएमएस–२, ज्याकपट र एक पेहेली लिलाकी नायिका सन्नीले आफ्ना कुरा खुलेरै बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । वृत्तचित्रमा संसारकै खतरनाक आतंकवादी ओसामा बिन लादेन उनको फ्यान भएको चित्रण गरिएको छ ।
सन् २०११ मा मारिएका लादेन पाकिस्तानको एबोटाबादमा रहँदा सन्नीका थुप्रै भिडियोहरु हेर्ने गरेको वृत्तचित्रमा देखाइएको छ । टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमार्फत सार्वजनिक भएको वृत्तचित्रले निकै चर्चा पाएको छ । वृत्तचित्रमा सन्नीले पोर्नस्टार हुँदै बलिउडसम्मको यात्रा गरिन् भन्ने देखाइएको छ ।
No comments:
Post a Comment