Tuesday, 17 January 2017

सर्प सपनामा देखे के हुन्छ? जान्नुहोस

निदाइरहेको बेलामा एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानवइतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन ।सपना विभिन्न किसिमका हुन्छन् । जस्तै– डरलाग्दो, साहसिक, रमाइलो वा कुनै जनावार सम्बन्धी ।

प्राय मानिसहरुले सपनामा सर्प पनि देख्ने गर्छन । सपनामा देखिने सर्पले धेरै कुराहरुको संकेत गरेको हुन्छ । जस्तै :
snake
सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।
सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि इंकित गर्दछ। जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले।
आध्यात्मिक शक्ति वृद्धि हुन्छ
डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले।
सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।

No comments:

Post a Comment