Saturday, 21 January 2017

फेसबुकका मालिक जुकरवर्ग बने विश्‍वकै छैठौ धनी

विश्‍वभर आफ्नो एक छत्र राज गरिरहेको सामाजिक सञ्जाल ‘फेसबुक’का मालिक मार्क जुकरवर्ग विश्‍वकै छैठो धनी व्यक्तित्वको रुपमा देखिएका छन्। फोर्ब्सले गरेको बजारमा सर्वेक्षणमा जुकरवर्गले फेसबुकबाट फर्स्ट क्वार्टरमा मात्रै ०.३९ प्रतिशत आम्दानी गरेको छ। योसँगै मार्कजुकरवर्गको सम्पत्ति ५१.७ बिलियन डलर पुगेको फोर्ब्सले जनाएको छ।
उनको सम्पत्ति ओराकलका अध्यक्ष ल्यारी इलिसनभन्दा झण्डै २ विलियन डलर बढी रहेको फोर्ब्सको तथ्याङमा छ। गत बुधबार मात्रै फेसबुकले एक घण्टामा १० प्रतिभन्दा माथिको व्यापार गरेको थियो। यस्तै कम्पनीले सन् २०१६ को चौथो क्वार्टरमा पहिलो क्वाटरको जस्तै कमाइ गरेको विश्‍लेषण गरेको छ।
कम्पनीले पहिलो क्वाटरमा ५.३८ विलियन डलर कमाइ गरेको थियो। जसमा ५.२६ विलियन डलर भने मोबाइल विज्ञापनको कमाइ हो। फेसबुकले मोबाइल विज्ञापनबाटै एक चौथाइ कमाइ गरिरहेको छ। यसका साथै उसको औसत कमाई १.५१ विलियन डलरभन्दा माथि छ।
यस्तै अनलाइनबाट कमाइ गर्नेहरुमा मार्क जुकरवर्ग, एलिसन र अमेजनका सिइओ जेफ बेजो विश्‍वमै १० अग्रस्थानमा आफ्नो नाम सूचीकृत गराई सकेका छन्। उनीहरुको कमाई कहिले अगाडी र पछाडि भइरहेको हुन्छ। किनकी उनीहरुको अर्बौको कमाई केही घण्टाको समयले निर्धारण गरने गर्दछ। यसैलाई धयान दिएर मार्क जुकरवर्ग अनलाइनमा कमाइ गर्नेहरुमध्ये सबैभन्दा अगाडि देखिएका हुन्।
यस्तै, सन् २००४देखि सामाजिक सञ्जालका रुपमा चिनाएका फेसबुकका मालिक मार्क जुकरवर्ग आफैंले फेसबुक नचलाउने गरेको तथ्य खुलेको छ। उसको फेसबुक प्रोफाइल कम्पनीका दर्जनबढी कर्मचारीले अपडेट गर्ने गरेको छ। उसको पेजबाट दैनिक गतिविधि, विशिष्ट मिटिङ र श्रीमती र छोरीको तस्बिरहरु पोस्ट गर्ने गरेका छन्। उसलाई फेसबुकमा पछ्याउनेहरु करीब ८५ लाख रहेका छन्।
Annapurna Post

No comments:

Post a Comment