पोखरा । शनिबार पोखरामा एकाएक ‘केपी ओली आउ, देश बचाउ’ नारा लाग्यो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्वीर भएको पोष्टर बोकेर ‘केपी ओली आउ, देश बचाउ’ नारा लगाएपछि केहीबेरमा त्यहाँ भीड लाग्यो । अर्काेतिर एमालेको विरोधमा कालोझण्डा लिएर आएका केही मानिस यो नारा लागेपछि फर्किए । यो दृश्य देखेर उपस्थित भीड एकछिन आश्चर्यमा पर्यो ।
तर, यो दृश्य हो फिल्म ‘रातो सूर्य’को । एमाले अध्यक्ष ओलीको जीवनीमा आधारित फिल्मको शुटिङ अहिले पोखरामा चलिरहेको छ । फिल्मको शुटिङ भन्ने थाहा पाएपछि पोखराबासीको भीड अझै बढ्यो ।
फिल्मबारे बाबु छत्कुली भन्छन्– शुटिङ चलिरहेको छ । आम जनताले सकारात्मक प्रतिक्रिया दिएका छन् । हिजोको शुटिङ दृश्यबारे उनी भन्छन्– ‘मधेसका लागि ओलीले गरेको योगदान र फिजाइएको भ्रमलाई प्रस्तुत गर्यौं । दर्शकले मन पराउनुभयो ।’
फिल्ममा एमाले अध्यक्ष ओलीले पनि सानो भुमिका निभाउने बताइएको छ ।
No comments:
Post a Comment