तपाई आजकल के मा व्यस्त हुनुहुन्छ ?

म अहिले नवसुत्र ब्याण्डको म्युजिक भिडियोमा काम गरिहेकी छु ।
तपाईसंग अन्तवार्ता दिइरहेको अबस्थामा कति हजार सम्मका लुगा र गरगहना छन् ?
त्यही ९–१० हजार जतिको होला ।
तपाईको पर्समा हाल कति रुपैया जति छ ?
४ देखी ५ हजार सम्म छ ।
तपाई स्कुटी चडुनु हुन्छ कि गाडी ?
स्कुटी ।
कतिमा किन्नु भएको ?

त्यही १ लाख ६० हजार लगभग प¥यो होला ।
तपाईको महिनामा कस्मेटिक खर्च कति हुन्छ ?
हा.हा.हा. ६ देखि ७ हजार सम्म हुन्छ ।
एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियाका निर्माताले मोडल वा नायिकासँग के आशा गर्छ ?
राम्रो अभिनयको ।
मोडलिङ क्षेत्रमा बढि मात्रामा सेक्सुअल क्रियाकलाप हुन्छ भनिन्छ, तपाईलाई कस्तो लाग्छ ?
त्यो त मोडलमा भरपर्ने कुरा हो ।
तपाईले अभिनय क्षेत्रमा लम्कदै गर्दा के सोच्नु भएको थियो र निर्माताले तपाई सँग गरेको अपेक्षा पुरा गर्नसके जस्तो लाग्छ ?
यो क्षेत्रमा लागेर आफूलाई स्थापित गर्छु भन्ने ठानेर नै म यहाँ आएको हो र मैले अघि पनि भने हरेक निर्माताले कुनैपनि मोडलबाट राम्रो अभिनयको अपेक्षा राख्नुपर्छ । म त्यसमा सक्षम छु जस्तो लाग्छ ।
तपाई टिनेजर अवस्थामा हुनुहुन्छ, तपाईलाई सेक्स के हो जस्तो लाग्छ ?
सेक्स प्रकृतिको देन हो । सेक्सलाई अहिले साधारण रुपमा लिइन्छ । म पनि यसलाई सामान्य रुपमा लिन्छु ।
मानौ, तपाईलाई यदि कतैबाट सेक्सको प्रस्ताब आयो भने के गर्नु हुन्छ ?
म सिधै अस्वीकार गर्छु ।
यदि तपाईलाई कतैबाट अङ्ग प्रदर्शन गर्ने चलचित्रको अफर आयो भने के गर्नु हुन्छ ?
म त्यस्ता फिल्म खेल्दै खेल्दिन ।
तपाई एउटा म्युजिक भिडियो कति सम्ममा खेल्नु हुन्छ ?
७ देखी १० हजार सम्ममा ।
तपाईलाई आफू कति राम्री छु जस्तो लाग्छ ?
खै मलाई त म राम्री छु जस्तो नै लाग्दैन् ।
अबको १० बर्ष पछि आम दर्शकले रविनालाई कहाँ देख्न पाउछन् ?
सायद टप मोडल या टप नायिका ।
अन्त्यमा तपाई आफ्नो दर्शक र शुभेच्छुकहरुलाई के भन्न चाहानु हुन्छ ?
म यो रंगीन र संगितमय दुनियामा छिरेको छु । मलाई यहाँसम्म आउनका लागि पनि तपाईहरुको हौसला, साथ, सहयोग, माया सबैको योगदान छ र आगामी दिनमा पनि मलाई सधै यसरी नै माया गर्दिनुस् । म यो क्षेत्रमा हरपल तपाईहरुलाई नयाँपन दिनेछु, भन्न चाहान्छु ।
No comments:
Post a Comment