Monday 30 January 2017

छोटा कपडा लगाएर गाउँदा मज्जा आउँछ: ज्योति मगर ।

अर्घाखाँची ।  यतिबेला कलाकारिताको क्षेत्रमा ज्योती मगरको चर्चा छ । मेला महोत्सवमा उनलाई भ्याइनभ्याई छ । देशभर सञ्चालन भइरहेका महोत्सवमा उनको माग भइरहेको छ ।

उनको गीत सुन्न खासगरी युवापंक्ती धेरै रुचाउछन् । धेरैले ज्योतीलाई छोटो लुगा लगाएर गित गाउदा उत्तउली भन्ने गर्छन् । तर, गित र छोटो कपडा नै दर्शन र स्रोताको लागि आफनो पहिचान भएको बताउछिन् । मंगलवार सन्धिखर्कमा भएको महोत्सवमा उनले जोसिलो गित र नृत्यबाट धेरैजसो युवा लठ्ठै परे । मेलाको मञ्चबाट उ त्यो सोल्टी त क्या सेक्सी देखियो भन्दा युवाहरु होहल्ला गर्दै उफ्रिए ।

छोटो कपडा लगाउदैमा उत्तउली भनेपनि आफुलाई राम्रो लागेर लगाउने गरेको रिपोर्टर्स क्लव नेपाल अर्घाखाचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्याक्रममा उनले भनिन् ।रोल्पामा जन्मिएकी मगरले छोटो कपडा लगाउनु सामान्य भएको बताउद आफुलाई कुनै लाज नलाग्ने बताईन् ।

मेला महोत्सवमा दर्शकलाई भरपुर मनोरञ्जन दिनको लागि आफु र अहिलेको चाहना अनुसार छोटा कपडा लगाएर गित गाएको उनले बताइन । १० वर्ष काठमाडौको बस्दा २ दर्जन गित गाएर चर्चामा आएकी ज्योतीले १६ देश र नेपालका ६० जिल्लामा पुगेर गित गाएकी छिन् ।

No comments:

Post a Comment