Saturday, 28 January 2017

भूकम्पबाट कम प्रभावित १७ जिल्लाको लगत संकलन कार्य सुरु

र्वत । भूकम्प गएको झन्डै दुई वर्ष पुग्न लाग्दा पनि पर्वतका भूकम्प पीडितको लगत सङ्कलन कार्य जारी छ । २९ जना इन्जिनियर परिचालन गरि यतिबेला गाउँगाउँमा लगत संकलन कार्य भईरहेको छ । सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरु गरेपछि पर्वतमा पनि लगत संकलन गर्न ईन्जिनियर गाउँगाउँमा पुगेका हुन ।

तत्कालीन अवस्थामा प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरकफरक भएपछि भूकम्प प्रभावित आवास पुनर्निर्माण लगत सङ्कलन कार्यक्रम अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय तथ्याङ्क विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाई भूकम्पीय आवास पुनर्निर्माण आयोजनाले तथ्याङ्क सङ्कलन प्रक्रिया थालेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘ख’ वर्गमा समावेश गरेको पर्वतमा भूकम्प प्रभावित आवास पुनर्निर्माण सङ्कलन कार्यक्रमअन्तर्गत जिल्ला लगत सङ्कलन कार्यालय खोलेर काम सुरु गरिएको छ ।
पर्वतका ४७ गाविस र एक नगरपालिकामा गरी ११ हजार ८०९ घरपरिवार भूकम्पबाट पीडित बनेका छन् । सबै घरधुरीमा एक जना इन्जिनियर र एक सामाजिक परिचालक परिचालन भईरहेको लगत सङ्कलन कार्यालय पर्वतका प्रमुख शिव श्रेष्ठले जानकारी दिए ।

पर्बतको सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र रानीपानी, बहाकी लगायतका स्थानमा टोलीले लगत संकलन सुरु गरेको छ । टोलीले कम्युटरमा नै फर्म भर्ने, घरको र मानिसको फोटो लिने र अवस्थाको मुल्यांकन गर्ने कार्य गर्दै आएको छ । त्यसको विवरण इमेलमार्फत हरेक दिनको विवरण तुरुन्तै प्राधिकरणमा पठाउने काम गरिरहेका छन् । कार्यालका अनुसार यहि फागुन १५ गतेसम्ममा सबैजसो काम सम्पन्न भइसक्ने छ ।



No comments:

Post a Comment