Friday, 27 January 2017

आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ १५ गते शनिबार,तदानुसार इश्वी सन् २०१७ जनवरी २८ तारिख –

आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ १५ गते शनिबार,तदानुसार इश्वी सन् २०१७ जनवरी २८ तारिख – माघ शुक्ल प्रतिपदा, सोनाम ल्होसार, वल्लभ जयन्ती
आज श्री शाके १९३८, वि.सं. २०७३ साल माघ १५ गते शनिबार तदानुसार इश्वी सन् २०१७ जनवरी २८ तारिख, माघ शुक्ल प्रतिपदा तिथी, सोनाम ल्होसार, वल्लभ जयन्ती, ३०:०६ बजे सम्म चन्द्रमा मकर राशिमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपालबाट
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य कार्यको लागि धेरै समय र परिश्रम खर्चनु पर्ने दिन रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरिएको कार्यमा सफलता मिल्ने छ । मनको चन्चलताले स्थान परिवर्तन गराउन सक्ला । सन्तान सम्बन्धी समस्याले सताउने छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बृद्दि हुने समय रहेको छ । मित्र तता दाजुभाईसँगको सम्बन्धमा सुधार आउने छ । पारिवारिक झमेलामा फस्न सकिएला । कार्यको क्षेत्रमा आफ्नो लापर्वाहीले सामान्य आप्जस खेप्नु पर्ने छ । हराएको धनमाल हात लाग्न सक्ने छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
नजिकका मित्रहरुकोसँगको सम्बन्ध चिसिन सक्ने छ । आय आम्दानिका स्रोतहरु सामान्य यात्रा पश्चात फेला पर्नेछ । भोज भतेरमा सारिक हुने अबसर जुट्ने छ । स्वास्थ्यमा सामान्य परिवर्तन आउने छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य वादविवादमा फस्न सकिएला । मनमा सामान्य डर उत्पन्न हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउने छ । मान्यजनको साथबाट आगाडी बढेको खण्डमा दिन मध्यम रहने छ । खानपानमा विचार पुर्याउनु होला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कुरा काट्ने ब्याक्तिहरुबाट बच्नु पर्नेछ । निर्णय गर्ने क्षमतामा कमी आउनाले कार्य क्षेत्रमा ब्यबधान उत्पन्न हुन सक्ने छ । धनमालको क्षतिले मनमा निराशा छाउला । यात्रामा साधारण झन्झट ब्यहोर्नु पर्ने छ । तात्कालिन धन खर्चको योग रहेको छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पठन-पाठनको राम्रो समय रहेको छ । साधारण चोट पटकको सामना गर्नु पर्ला । आफू भन्दा सानाको स्वास्थ्यमा आएको गडबढीले मन चिन्तित रहला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मातृपक्षको स्वास्थ्यमा सामान्य गडबढी उत्पन्न हुनाले मन चिन्तित रहला । साधारण कार्यमा धेरा परिश्रम खर्चनु पर्ने छ । तपाईको योग दिनको कदर हुनाले मन उत्साहित रहला । नयाँ मित्र प्राप्तिको योग रहेको छ ।

Image result for budhanilkantha
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विश्वाशिले ब्यक्तिहरुबाट धोका हुन सक्ने छ । गरिरहेको कार्यमा सामान्य ब्यबधान उत्पन्न हुनेछ । नयाँ कार्यको थालनी नगरेकै बेश हुनेछ । कुरा काट्ने ब्यक्तिहरुबाट बच्नुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानमा बिशेष ध्यान पुरायाउनु होला । शरिरमा आलस्यताले बास गर्नेछ । धनमालमा सामान्य क्षति हुन सक्ने छ । यात्रा झन्झट पूर्ण हुनेछ । सामान्य अपजस खेप्नु पर्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
निर्णय गर्ने क्षमतामा कमी आउने छ । प्रेम सम्बन्धमा सुधार आउने छ । पारिबारिक झमेलाले कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्ला । स्वास्थ्यमा आएको गडबढीले दिन निरासापूर्ण ब्यतित रहला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
टाढाको यात्रा हुन सक्ने सम्भाबना रहेको छ । नेत्र सम्बन्धी साधारण रोगले ग्रसीत गर्ने छ । अनावश्यक खर्चले मनमा खिन्नता छाउने छ । मित्र वा दाजुभाइको सम्बन्धमा सामान्य खराबी पैदा हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दिन मध्यम रहेको छ । आय आर्जनका निम्ति कुलकुटुम्बको साथ सहयोग प्राप्त हुनेछ । बिधा तथा ब्यापारको लागि समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोगमा कमि आउला । प्रतिपक्षीहरु सबल रहनेछन ।

No comments:

Post a Comment