Friday, 27 January 2017

विजयकुमारले भने– रक्सीले मातेर प्रधानमन्त्री निवासको कोठा–कोठामा बान्ता गर्थेँ

काठमाडौं, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरेका ४५ वटा भाषण समेटेर तयार पारिएको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक विमोचन गरिएको छ ।
काठमाडौंको अल्फाबिटाको हलमा शुक्रबार गरिएको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक विमोचन कार्यक्रममा स्तम्भरकार तथा टिप्पणीकारहरुले पूर्व प्रधानमन्त्री ओली राष्ट्रवादी नेताहरुको चित्रण गरेका छन् ।
विमोचन कार्यक्रममा एमाले नेता रघुवीर महासेठ, माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ’आहुती’, पत्रकारहरू विजयकुमार र कृष्ण मुरारी ढुंगेल, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरूद्ध गौतम र मानवअधिकारकर्मी चरण प्रसाईं लगायतले पुस्तकबारे आ–आफ्नो धारणा राखेका थिए।
सोहीक्रममा विजयकुमार पाण्डे, शौरभ, कृष्ण मुरारी भण्डारी र श्रीकृष्ण अनिरुद्ध गौतमले ओलीलाई समकालीन नेपालका राजनेताको रुपमा चित्रण गरे ।
विजय कुमारले ओलीलाई राजनेताको संज्ञा दिँदै उनी एमालेको मात्रै नेता नभइ सिंगो नेपालको साझा नेता बनेको बताए । ‘ओली समकालीन नेपालका उच्च नेता हुन्, अब उनले यो उचाइ कायम गर्न अझ फराकिलो छाति बनाउनुपर्छ । म सितिमिति कसैलाई माननीय भन्दिनँ, तपाईंलाई चाहिँ सधैँ माननीय भनिरहनेछु, पदमा रहे पनि नरहे पनि’, उनले भने ।
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा बालुवाटारका चोटा कोठामा रक्सीले मात्तिएर वान्ता गरेको प्रसङ्ग कोट्याउँदै विजय कुमारले ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा आफूले रुख रोपेर प्रधानमन्त्रीको कोठामा प्रवेश गरेको स्मरण पनि सुनाए ।
विश्लेषक शौरभले पृथ्वीनारायण शाह र वीपी कोइरालापछिको नेपालको राजनेताको रुपमा ओलीलाई चित्रण गरे । उनले अब हुने चुनावमा एमालेले क्लिन स्वीप गरे पनि ओली प्रधानमन्त्री बन्न नसक्ने आशंका जनाए ।
अर्का लेखक कृष्ण मुरारी भण्डारीले ओलीले मुर्झाएका सपना र देशभक्तिलाई नेपाली जनताको मनमा ब्युँताएको बताए । ओली राजनेता रहेका र स्वभाभिमानको झण्डा उचालेका भण्डारीको भनाइ छ ।
लोकतान्त्रिक मधेशी संगठनका अध्यक्ष रघुवीर महासेठले मधेशी जनताको सामाजिक न्याय र समानताको पक्षमा ओलीले काम गरेर देखाएको बताए ।
नेकपा एमाले केन्द्रीय कार्यालयले प्रकाशन गरेको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको विमोचन कार्यक्रम प्रेस चौतारी नेपालले गरेको हो।

SOurce: MEDIANP.COM

No comments:

Post a Comment