Thursday, 26 January 2017

जाडोमा महिला यौनाङ्गको सरसरफाई - यौनाङ्ग सफा गर्ने तरिका -

जाडोयाममा महिला यौनाङ्गको सरसफाई सम्बन्धी जिज्ञासामा मेरी साथीको जवाफ ।

पुरुषको तुलनामा महिलाहरुमा संक्रमणको सम्भावना बढि हुन्छ ।

महिलाहरुको प्रजनन् अङ्गमा बिशेषत योनीद्धार र पिसाबद्धार नजिकै हुने तर पुरुषहरुको प्रजनन् अङ्ग लामो हुने भएकोले गर्दा पनि पुरुषभन्दा महिलामा यौनजन्य संक्रमण छिटो हुन्छ ।

महिनावारीको समयमा सबैले सेनेटरी प्याडहरु प्रयोग गर्नुहुन्छ भन्ने छैन तर कपडाहरु त प्रयोग त गर्नुहुन्छ । त्यस्तो अवस्थामा सुतीको कपडाहरु प्रयोग गर्नुपर्दछ । यसले महिनावारीको रगतलाई सोस्ने गर्छ । सुतीको कपडा प्रयोग गर्दा ध्यान भने अवश्य पुर्याउनुपर्छ ।

संक्रमण हुने मुख्य समय र कारण नै त्यहि बेला हो । त्यसैले महिनावारीको समयमा सरसफाईमा बिशेष ध्यान दिनु आवश्यक हुन्छ ।

जाडोको समयमा यदि नुहाउनमा समस्या भएमा मनतातो पानीमा थोरै मात्रामा डेटोल वा बेटाटिन पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

यसले योनीमा हुने संक्रमणबाट जोगीनको लागी मद्दत गर्छ तर बेटाटिन वा डेटोल ले नै योनी सफा गर्नु भने हुदैँन ।

सामान्यतया हामीले बाहिर लगाउने कपडाहरु एकदुई दिनमा धुन्छौँ भने भित्री कपडाहरु दिनैपिच्छै सरसफाई गर्नु आवश्यक हुन्छ ।newsabhiyan

भित्री कपडाहरुलाई सरसफाई गर्दा सरफ पानीमा भिजाएर राम्रोसँग धुनुहोस् । जब निचोरेर सुकाउने बेला हुन्छ, आधा घण्टा डेटोल पानीमा भिजाएर घाममा सुकाउनुहोस् ।

यसो गर्नाले  कपडा सफा पनि हुने भयो सँगसँगै किटाणुहरु पनि नरहने भए । यी उपायहरु अपनाई सरसफाई मा एकदम ध्यान पुर्याउनुभएमा यौनजन्य संक्रमणबाट बच्न सकिन्छ ।

यौनाङ्ग सफा गर्ने तरिका

- आफ्नो यौनाङ्ग सधैं सफा राख्नुपर्छ भन्दैमा आवश्यकताभन्दा धेरै पखाल्नु हुँदैन ।

- सधैं अगाडि (योनिमार्गतिर) बाट पछाडि (मलद्वार) तिर पखाल्नुपर्छ । यसले मलद्वारमा भएको जीवाणुलाई योनिमार्ग तथा पिसाब नलीमा जानबाट रोक्छ ।

- योनिमार्ग सफा गर्न महँगो साबुन चाहिँदैन, सामान्य साबुनले पनि राम्रोसँग सफा गर्न सकिन्छ ।

- सुगन्धित प्याड तथा योनिमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु हुँदैन ।

- योनिमार्गबाट निस्कने हल्का चिल्लो पदार्थले योनिमार्गलाई स्वस्थ राख्न मद्दत गर्ने भएकाले त्यसलाई धेरै पखाल्ने काम गर्नु वा त्यसका सम्बन्धमा चिन्ता लिनु हँुदैन ।


No comments:

Post a Comment