Thursday, 19 January 2017

यसरी टाउको दुखेमा तुरुन्तै अस्पताल जानुपर्छ….

एजेन्सी । टाउको दुख्ने समस्या धेरै मानिसमा हुन्छ । टाउको दुख्ने बित्तिकै अस्पताल जानु पर्छ भन्ने छैन । तर, टाउको दुखाईसंगै अन्य समस्या पनि भएमा तुरुन्तै अस्पताल जानुपर्छ । टाउको दुख्ने सामान्य कारणहरुमा ज्वरो, रुघाखोकी, गर्मी, तनाव र थकान आदी हुन् ।

यस्तो अवस्थामा अस्पताल जानुपर्छ :

१:- टाउको दुखाईसंगै उल्टी भएमा
२:- सहनै नसक्ने गरी दुखेमा
३:- एउटा बस्तु दुईवटा देख्न लागेमा
४:- एउटा आँखाले अचानक देख्न छाडेमा
५:- आँखा बांगिएमा
६:- होस हराएमा वा बेसुरको कुरा गरेमा
७:- मुख बांगिएमा
८:- बिहान उठ्नेबेला टाउको दुख्ने गरेमा
९:- खोक्दा दुखाई बढेमा
१०:- धेरै रिंगटा लागेमा

स्रोत : स्वास्थ्य खबर पत्रिका

No comments:

Post a Comment