धनगढी, १४ माघ । थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले शनिबार हुने आमसभा तथा बन्दका कार्यक्रम स्थगित गरेको छ । जसअन्तर्गत शनिबार धगनढीमा हुने भनिएको आमसभा र २० र २१ को बन्दका कार्यक्रम स्थागित गरिएका छन् ।
थरुहट तराई पार्टी नेपालको विशेष आग्रहमा समितिले आज विज्ञप्ति सार्वजनिक गर्दै आमसभा स्थगित गरेको हो । सो पार्टीको शनिबार कपिलवस्तुमा विभिन्न भातृसंस्थाहरुको अधिवेशन हुँदैछ ।
संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीका अनुसार आमसभामा पहिचान पक्षधर दल र संघ संगठनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, मधेसी मोर्चाका नेता महन्थ ठाकुर, थारु नेता राजकुमार लेखी लगायत थारु मधेसी दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो ।
त्यस्तै, भूपू सैनिकहरुको राष्ट्रिय सम्मेलन हुन लागेकाले प्रमुख जिल्ला अधिकारीको आग्रहमा समितिले माघ
No comments:
Post a Comment