काठमाडौँ, १४ माघ – पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर वर्षात् भएको छ। उक्त वायुको प्रभावले पश्चिम भेगबाट वर्षात् सुरु भएको र हिजाे मध्य र पूर्वी भेगमा समेत प्रभाव परेको मौसमविद्ले जानकारी दिएका छन्।
पश्चिमी वायुको प्रभावले बिहीबारदेखि पश्चिम भेगबाट वर्षा हुन सुरु भएको हो, त्यसको प्रभावले हिजो देशका अधिकांश भेगमा वर्षात् भएको छ। मध्य र पश्चिमका उच्च हिमाली भेगमा भारी हिमपात र पूर्वी भेगमा सामान्य हिमपात भएको थियो।
शनिबारदेखि मौसममा सुधार आउने मौसमविद् समीर श्रेष्ठलेले बताएका छन्। हिजो मौसम बदलीका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा केहीबेर उडान प्रभावित भएको थियो।
No comments:
Post a Comment