Tuesday, 17 January 2017

सलमानको फिल्ममा शाहरुखलाई विशेष भूमिकाः दुई खान २० वर्षपछि एउटै फिल्ममा -

बलिउडका शीर्ष तीन खानमध्येका दुई शाहरुख खान र सलमान खान केही दिन अघि एक अवार्ड कार्यक्रममा सँगै देखिएपछि यी दुबैलाई एउटै फिल्ममा देखिन सकिने अनुमान गरिएको थियो । शाहरुख खानलाई सलमान खानको फिल्म ‘ट्युबलाइट’ मा देख्न सकिने समाचार सार्वजनिक भइरहेका बेला शाहरुखलाई यसबारे सोध्दा उनले केही प्रतिक्रिया जनाएनन् ।
Image result for salman khan and shahrukh khan
र अहिले ‘ट्युबलाइट’ का निर्देशक कबिर खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत सलमानको फिल्ममा शाहरुखको विशेष भूमिका हुने बताइएको छ । कबिरले करन–अर्जुनको डाइलग ‘आएंगे, मेरे करन अर्जुन आएंगे । जमिनकी छाती फाडके आएंगे, आसमानका सिना चीर के आएंगे’ सहितको कलसिट पोष्ट गरेका छन् ।

सलमान खानको ‘ट्युबलाइट’ यो वर्षको इदमा रिलिज हुँदैछ । ‘करन–अर्जुन’ अर्थात् सलमान खान र शाहरुख खानलाई २० वर्षपछि एउटै सिल्भर स्क्रिनमा हेर्न यी दुबैका प्रशंसकहरु व्यग्र प्रतिक्षा गरिरहेका छन् ।


No comments:

Post a Comment