Thursday, 19 January 2017

नयाँ मन्त्रीलाई बधाई होइन धिक्कार छ !

बुटवल, ६ माघ । नेकपा एमालेका नेता एवं पूर्व मन्त्री महेश बस्नेतले नयाँ मन्त्रीलाई बधाई होइन धिक्कार्नुपर्ने बताएका छन् ।

बुटवलमा आज आयोजित युवा अगुवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद बिस्तार गरेर ‘राष्ट्रघाती’ संविधान संशोधन विधेयक पारित गर्ने षडयन्त्र गर्न खोजेको आरोप लगाउँदै पद र प्रतिष्ठामा बिक्रि भएर राष्ट्रघात गर्ने नव नियुक्त मन्त्रीहरुलाई बधाई होइन धिक्कार छ भने ।

सरकार बिस्तार गरेर ४ सय सदस्य मन्त्रिपरिषद बनाएपनि संशोधन परित नहुने दाबी गर्दै उनले पद, प्रतिष्ठा र पैसाभन्दा राष्ट्रलाई माथि राखेर जन निर्वाचित ६०१ सांसदले फैसला गर्ने बताए । ‘अन्यथा सवा करोड युवाहरुले आन्दोलनको आँधिबेहेरि सिर्जना गर्नेछन् जसको बलले प्रचण्ड र देउवाहरु बडारिएर समाप्त हुनेछन,’ उनले भने ।

हत्यारालाई पक्राउ नगरे हत्याको बदला हत्या

नेता बस्नेतले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका हत्यारालाई पक्राउ गरी कार्वाही नगरे हत्याको बदला हत्या गरिने चेतावनी दिए । तिवारीको हत्या गरिएको एक महिना बितेपनि हत्यारालाई गिरफ्तार नगरेकोमा उनले आक्रोश पोखे ।

उनले सरकारको निरिहताकै कारण हत्यारा गिरफ्तार नभएको बताए । तत्काल गिरफ्तार गर्न प्रहरी प्रशासनले अग्रसरता नलिए युवाहरूको आक्रोश हत्याको बदला हत्यामा परिणत चेतावनी समेत दिए ।

कार्यक्रममा बोल्ने सबै युवाहरुले हत्यारा पत्ता नलगाए हत्याको बदला हत्यामा परिणत हुने बताएका थिए ।

No comments:

Post a Comment