Thursday, 26 January 2017

विवादबीच ३९ एसएसपीहरुको सरुवा, काठमाडौंमा जोशी (सूचीसहित)

काठमाडौं, १४ माघ । नेपाल प्रहरीका ३९ जना एसएसपीहरुको सरुवा भएको छ । विवादका कारण लामो समयदेखि रोकिएको सरुवा बुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सहमति भएपछि सरुवा गरिएको हो ।
आईजीपी अर्यालले अवकाशको मुखैमा एसएसपीहरुको सरुवामा सहमति जनाएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
जसअनुसार एसएसपीहरुका लागि प्रमुख आकर्षणको केन्द्र रहेको काठमाडौं परिसरमा धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशीको सरुवा भएको छ । ललितपुर प्रहरी प्रमुखमा ठूले राईलाई ल्याइएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । खनालले सम्हाल्दै आएको प्रहरी अपराध महाशाखामा दिनेश अमात्यलाई पठाइएको छ । लागू औषध नियन्त्रण ब्युरो काठमाडौंमा धिरु बस्न्त्यात आएका छन् ।
यस्तै, प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललाई प्रहरी प्रधान कार्यालय युएन शाखामा सरूवा गरिएको छ । यसैगरी शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायल र बलराम शर्मा सगरमाथा प्रहरी प्रमुखमा सरुवा भएका छन् ।
एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दीपक थापा लुम्विनी प्रहरी प्रमुखमा र उत्तम कार्की कोशी प्रहरी प्रमुखमा सरुवा भएका छन् । पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ ।
एसएसपी विष्णुहरी गौतम गण्डकी अंचल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।

No comments:

Post a Comment