सत्तामोहको जालमा रुमल्लिएर स्वार्थ केन्द्रित राजनितीमा रमेका नेपालका नेताहरुको कमजोर दृष्टिगोचर, अदुरदृष्टिताले दीर्घकालिन असर परिरहेको सन्दर्भ र त्यसले पारेको अत्यासलाग्दो भविश्यका वीच पुन राजनिती उहि पुरानो र देशलाई नै दीर्घकालिन नकारात्मक प्रभाव पार्ने खेलहरु खेलिरहेको सन्दर्भमा पुन त्यहि निरन्तरता नै रहने कुरा स्वयंसिद्ध तथ्य वनेको छ । जसरी पनि आफुलाई केन्द्र भागमा राखेर गरिने राजनितीले देश र जनतालाई लाई भुमरीमा त पारयो नै अन्ततः त्यसका योजनाकार र सर्वेसर्वा सोच्नेहरु नै अव भोलिका दिनमा के हुने हो भन्ने गन्तव्यविहिन यात्रामा विलिन हुने कुरामा कुनै शंका नै छैन ।
परिवर्तनका नारा फगत सत्ताका लागि मात्र वनिसकेपछि त्यो भन्दा क्रुर र अनैतिक के नै हुन सक्दा रहेछ र ? चेतना विहिनताको अभाव वा अन्देखि कारण भोलिको टेक्ने आधार समेत गुमिरहदाँ त्यो अन्तरआत्मामा केहि ले पनि छोएन होला ? साच्चै नै नेता हुन जति सजिलो छ त्यति नै राजनेता हुन गाह्रो हुने कुरा पलपलले प्रमाणित गरिसकेको छ । प्रचण्डका लागि समयले जति धेरै अवसर दियो त्यो अवधिमा लाखौ गुणा राष्ट्रघात र विदेशी हस्तक्षेपले प्रश्रय पायो । जसको मुल्य आम जनताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा भोगिरहनुपर्दछ ।
निति, विचार र कार्यक्रम भन्दा पनि स्वार्थ केन्द्रित राजनितीको यो दाउपेचमा नेपाल र नेपालीको अस्तित्व नै के हुने भन्ने कुरा गम्भिर प्रश्न चिन्ह खडा भएको छ । सत्ता र स्वार्थका लागि जे जस्तो परिणाम पनि भोग्न तैयार भईरहदाँ निश्चित समयपछि के होला भन्ने कुरामा समान्य भन्दा समान्य हेक्का समेत नराख्दा सरकार सधै असफल वनिरहयो । सरकारका नेतृत्व गरेको पुष्पकमल दाहालको क्षणिक सत्तामोह र हतास मनस्थितीले जन्माएको सरकार नौ महिनाको लिखित करारनामा गरेर पनि सो अवधि सम्म नटिक्ने निश्चित भएको छ । सधै सरकार सत्तामा नै रहनुपर्ने सोच नै प्रधानता देखियो । आफु हुदाँ सधै ठीक हुने र अरुले राम्रो काम गरेको समेत देख्न नसक्ने कमजोर धरातलमा टेकेर वनेको सरकार अन्ततः फेरि ढल्ने निश्चित देखियो । सिमित अवधिका लागि हिरो वन्ने र केहि मान्छेको भीड देख्ने वित्तिकै सम्हालिन नसक्ने प्रचण्ड अन्तत फेरि घुमाईफिराई रुम्जाटार भनेझै पुन नेकपा एमाले नै उचित देख्ने र पुन सत्ताको स्वाद चाख्न अभिप्रेरित हुने कुरा अवको केहि दिनमा नै उसको हतास र थकित मनस्थितीवाट देख्न सकिन्छ । समयानुकुल जतापनि ढल्कन सक्ने विशेषता वोकेको प्रचण्डले अवका केहि दिनमा भन्ने छन् , नेपालका वामपन्थि दल मिल्नुको कुनै विकल्प छैन । देशमा रहेको परिवर्तनकारी शक्ति मिलेर देशमा रहेको यथास्थितीवाटी शक्ति र विदेशी हस्तक्षेपका विरुद्ध लड्नको विकल्प छैन । सम्पुर्ण राष्ट्रवादी शक्तिहरुले साथ दिने हो भने म त्यसको नेतृत्व गर्न तैयार छु । प्रचण्डका अवको अभिव्यक्ति यो हुने कुरामा अव कुनै शंका छैन ।
नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएका विभिन्न कार्यक्रमवाट अत्तालिएको प्रचण्ड र जसरी पनि एमालेको सरकार ढाल्नुपर्ने नत्र सवैको भुमिका सखाप हुने मात्र होईन आन्दोलनमा रहेको मधेशी मोर्चा समेत एकसुत्रिय माग ओली सरकार ढाल्नु पर्ने, त्यसका लागि जे पनि गर्न तैयार रहेको मोर्चा र त्यसको मतियारा वनेको प्रचण्ड पुन ओली सरकारको जयजकार गरेर सत्तामा आसिन हुन सकिन्छ कि भन्नेमा स्वाप्नदृष्टिमा देखिनछ । जुन कालान्तरमा त्यो परिदृश्य देख्न धेरै घोत्लिन पर्देन । नेपालका सन्दर्भमा नेपालका धेरै प्रधानमन्त्री सिहंदरवारमा फोटो झुन्डाउनुनै महानता थाने । यस सन्दर्भमा त्यसलाई पनि महान नै मान्नुपर्दछ । तर देश र जनताका मुक्तिका लागि काम गरेको भन्न नथाक्ने कथित महान व्यक्तित्वहरु नै देश र जनताका नाममा देशलाई नै वन्धक वनाईरहेका छन् । जुन गतिविधि र राष्ट्रवादी कथित सोचले अन्ततः देश र जनतालाई नै अन्धकारको भुमरीमा फसाईरहेका छन् । मिलेर वसेका नेपालीहरुको वीचमा जात र अधिकारको नाममा विखण्डन गरेर खेल्न सकिन्छ र आफु सधै सत्ताकेन्द्रित रहन सकिन्छ भन्ने सोचवाट गरिएको क्रियाकलाप ले नेपाल र नेपालीको अस्तित्वमाथी नै प्रश्न चिन्ह खडा हुन पुगेको छ । निश्चित समय र अन्तरालमा यो रापले अन्तत सवैलाई डढाउने कुरामा कुनै पनि शंका छैन । जनताको मुक्तिका लागि हजारौ को ज्यान वलिदान दिने प्रचण्ड अझै पनि सत्ताको सपनामा परेर भारतिय विस्तारवाद सामु लम्पसार परिरहेको छ । त्यसैको परिणाम हो अन्र्तराष्ट्रिय विमानस्थलमा भारतिय क्याम्प राख्न दिनु निर्णय । देश र जनताका प्रत्यक्ष सरोकार राख्ने विषयमा समेत कुनै हेक्का नगरी क्षणिक सत्तामोहले गरिएको निर्णयले भोलिका दिनमा आम जनताले के भोग्नुपर्ने हो, त्यसको जवाफ कसले दिनेछ । सत्ता र कुर्सि भन्दा देश र जनता ठुलो हो भन्ने मानसिकता जव सम्म अन्तरआत्मामा रहदैन तवसम्म यस्ता निर्णयहरु भईरहनेछन् । भारतिय विस्तारवादको विरुद्ध जेहाद सुरुङ्ग युद्ध छाड्ने वताएको प्रचण्ड अन्तत केहि दिनका लागि सत्तामोहमा फसेर देशलाई नै वन्धक वनाईरहेका छन् । जुन आम नेपाली जनताले सहन सक्ने छैनन । यसका मुल्य प्रचण्डले कुनै दिन चुकाउने नै छन् ।
परिवर्तनका नारा फगत सत्ताका लागि वनिसकेपछि त्यो भन्दा क्रुर र अनैतिक के नै हुन सक्दा रहेछ र ? चेतना विहिनताको अभाव वा अन्देखि कारण भोलिको टेक्ने आधार समेत गुमिरहदाँ त्यो अन्तरआत्मामा केहि ले छोएन होला । साच्चै नै नेता हुन जति सजिलो छ त्यति नै राजनेता हुन गाह्रो हुने कुरा पलपलले प्रमाणित गरिसकेको छ । प्रचण्डका लागि समयले जति धेरै अवसर दियो त्यो भन्दा लाखौ गुणा राष्ट्रघात र विदेशी हस्तक्षेपले प्रश्रय पायो । जुन सवैको लागि र्दुभाग्य वनिदियो । ईतिहासको कठघरमा अवसर पाएर पनि देश र जनताका लागि केहि गर्न नसकेको प्रचण्ड यो अवधिमा खेलेको भुमिकाले नेपालको अस्तित्व माथी नै धावा वोलेको छ । मिलेर वसेको नेपाल र नेपालीको लागि विभिन्न मुद्धा उठाएर अराजकतामा धकेल्न सफल प्रचण्ड त्यहि भुमरीमा कहिल्यै पनि निस्कन नसक्ने गरि फसिसकेका छन् । हिजो राष्ट्रवादी छवि वनाएका ओली सरकारलाई विस्थापित गरेर सत्तामा आसिन प्रचण्ड सत्ताविहिन हुन अव धेरै दिन कुर्न पर्देन ।

No comments:
Post a Comment