एजेन्सी । पहिले–पहिले गुलाम वा नोकरसंग कस्तो व्यवहार गरिन्थ्यो भन्ने बारेमा तपाईलाई थाहै होला । मानिसलाई गुलाम बनाएर मजदुरी गर्न लगाइन्थ्यो भने महिलालाई यौन गुलाम पनि बनाइने गरिन्थ्यो । यसबाट बच्नका लागि इथियोपियाका महिलाहरुले एक नयाँ तरिका अपनाएका छन् । जुन अचम्मको छ ।
लेबनानका एक फोटोग्राफर ओमार रेडाले यस्ता थुप्रै तस्बिरहरु खिचेका छन् । उनले हमार, दसानेक र मुर्सी ट्राइब्सका महिलाहरुको तस्बिर खिचेका छन्, जुन आज पनि पुरानै परम्परालाई आत्मसाथ गरिरहेका छन् ।
त्यहाँ महिलाहरुले गुलामीबाट बच्नका लागि आफ्नो अनुहारमाथि खेलबाड गरेका छन् । अनुहारलाई जानिजानी कुरुप बनाएका छन् । महिलाहरुले आफैलाई यति कुरुप बनाएका छन्की कोही उनलाई मन नपराओस् ।
अनुहारमा ट्याटु बनाउनुका साथै माला लगाउने काम गरेर आफूलाई कुरुप बनाएका छन् । त्यहाँका महिलाहरुको यस्तो रुप दशकौं पहिलेदेखि नै समाजमा अपनाइएको थियो ।
गुलामीबाट बच्नका लागि महिलाहरुले आफ्नो ओठलाई छेडेर ठूलो रिङ्ग लगाएका छन् । यसका लागि उनीहरुले रिङ्ग लगाउन सजिलो होस् भनेर तलतिरका दाँत पनि तोड्ने गर्छन् । रिङ्गसहितको प्लेटका कारण महिलाहरु ओठ धेरै तल गएका छन् । यसलो गर्दा उनीहरु कम आकर्षक देखिने गर्छन् ।
इथियोपियाको एक जनजातिमा आज पनि यस्तो चलन रहँदै आएको छ । यो समाज आज पनि आधुनिक जीवनशैलीबाट टाढा छ । गुलामीबाट बच्नका लागि अपनाइएको यो तरिका आज यो जनतातिको परम्परा बनेको छ । आज पनि महिलाहरु यो परम्परालाई मान्दै आएका छन् ।
No comments:
Post a Comment