सांसद घुबायाले अश्लील भिडियो सार्वजनिक हुनुमा अकाली दलका अध्यक्ष सुखबीर सिंह बादल जिम्मेवार रहेको आरोप लगाएका छन् । साढे ४ मिनेटको यो भिडियोमा सांसद घुबाया कथित रुपमा एक महिलासँग आपत्तिजनक अवस्थामा देखिएका छन् । घुबाया फिरोजपुरका सांसद हुन् । जो कांग्रेसको टिकटमा फाजिल्काबाट पहिलोपटक चुनाव लडिरहेका आफ्नो छोराको चुनावी प्रचारमा व्यस्त थिए ।
यो भिडियोले चुनावको मुखैमा छोरालाई पनि धक्का पुग्ने अनुमान गरिएको छ । सेक्स टेप प्रकरणमा प्रहरीले छानविन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
No comments:
Post a Comment