Monday 30 January 2017

गृहमन्त्री विमलेन्द्र निधिका कारण संसदमा हंगामा! बैठक नै स्थगित

काठमाडौं, १७ माघ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले झुक्याएपछि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ ।
संसदको कार्यसूचीमा रहेको निर्वाचन कसुर तथा सजाय विधेयक पारित गर्न प्रस्ताव गर्नुपर्ने बेला गृहमन्त्री निधि खबरै नगरी एकाएक वेपत्ता भएपछि सभामुखले बाध्य भएर बैठक स्थगित गरेकी हुन् ।
निर्वाचन कसुर तथा सजाय विधेयक निर्वाचनका लागि महत्वपूर्ण थियो । तर, सोमबार दिउँसो १ बजे बोलाइएको बैठकमा बिशेष समय र सुन्य समयमा साँसदहरुले बोल्ने पालो सकिसक्दा पनि गृहमन्त्री संसदमा उपस्थित नभएपछि विधेयक पारित नगरिकनै बैठक स्थगित गर्नुपर्यो ।
निर्वाचनसम्बन्धी विधेयक पारित गराउन गृहमन्त्री नआएपछि विपक्षी सांसदले होहल्ला गर्दै विरोध गरेका थिए ।
प्रधानमन्त्रीले आफू निर्वाचनको लागि तत्पर रहेको बताइरहेका बेला गृहमन्त्री निर्वाचनका लागि आवश्यक विधेयक पारित गराउनका लागि संसदमा उपस्थित नहुनुले सरकार निर्वाचन नगराउने निष्कर्षमा पुगेको हो कि भन्ने प्रश्न उब्जाएको छ ।

No comments:

Post a Comment