Friday, 27 January 2017

१३ करोड भन्दा धेरै क्षतिपूर्ति तिराए, विधालयका छात्रालाई शिक्षकले बाल्टिमा पिसाव गर्न लगाएपछि !

एजेन्सी : चार वर्षअघि सन् २०१२ मा क्यालिफोर्नियाको पेट्रिक हेनरी हाई स्कुलकी शिक्षिका गोन्जा वोल्फले १४ वर्षकी बालिकालाई बाल्टिनमा पिसाव फेर्न लगाएकी थिइन् ।

यसकै कारण आफुलाई आत्महत्याको सोचसम्म आएको भन्दै ति छात्राले मुद्धा दायर गरेपछि १३ करोड ५८ लाख ४९ हजार २ सय ४७ रुपैयाँ ७८ पैसा क्षतिपुर्ति तिर्न अदालतले निर्देशन दिएको बिबिसीले जनाएको छ ।

कक्षा चलिरहेको बेलामा बाहिर निस्कन नपाइने नियम भएकाले ति बालिकालाई शौचालय जान नदिएको शिक्षिका वोल्फले बताइन् ।

उनले बाहिर जान नमिल्ने नियमका कारण ति छात्रालाई अर्को कोठामा रहेको बाल्टिनमा पिसाव फेरेर शौचालयमा फाल्न सुझाव दिएकी थिइन् ।

बाल्टिनमा पिसाव फेरेपछि आफ्नै साथीहरुले आफुलाई जिस्क्याउन थालेपछि आत्महत्याको सोच समेत आएको भन्दै ति छात्राले मुद्धा दायर गरेकी थिइन् । त्यसपछि ति बालिकाले विद्यालय परिवर्तन गरेकी थिइन् र अझैपनि थेरापीको लागि जाने गरेकी छिन् ।

त्यसमा सुपेरियर कोर्टको ज्यूरीले विद्यालयले ति छात्रालाई क्षतिपूर्ति तिर्नुपर्ने निर्देशन दिएको हो । घटनापछि विद्यालय प्रशासनले छात्रा र छात्राकी आमासँग माफी मागेका बिबिसीले जनाएको छ ।

No comments:

Post a Comment