Friday, 27 January 2017

सुन्दै अचम्म लाग्ने संसारकै पहिलो रेष्टुरेन्ट, जहाँ नग्न भएर मात्र प्रवेश गर्न र खान पाइन्छ !

एजेन्सी : संसार विचित्रको छ यहाँ मानिसहरु अनौठा-अनौठा काम गरेर देखाउने होडबाजीमा छन। यस्तै मध्यको एक हो लण्डनमा खोलिएको नग्न भएर मात्र प्रवेश पाइने रेष्टुरेन्ट जुन पछिल्लो वर्षको जून ११ तारिखमा उक्त रेष्टुरेन्टलाई संसारसामू सार्वजनिक गरियो ।

तपाईंलाई सुन्दा अचम्म लाग्ला रेष्टुरेन्ट खोल्नुभन्दा पहिले नै करिब ४० हजार मानिसले नाङ्गो भएर खाना खाने अनुभव बटुल्नका लागि रेष्टुरेन्टको टेबल बुक गरेका थिए। यो रेष्टुरेन्टमा ती मानिसहरुलाई मात्र प्रवेश दिइन्छ जो पूर्ण रुपमा नग्न हुन्छन् । यतिमात्र होइन, रष्टुरेन्ट भित्र आगन्तुकहरुलाई कुनै पनि कपडा लैजान अनुमति छैन । यहाँसम्म कि रुमाल पनि लैजाने अनुमती छैन ।



लण्डनमा रहेको यो रेष्टुरेन्टको नाम ‘द बुनियादी’ हो । यो रेष्टुरेन्टमा ४२ मानिसहरुले एकसाथ सँगै खाना खाने क्षमता रहेको छ तर जबदेखि यो रेष्टुरेन्ट खोलिएको छ त्यतिबेलादेखि हज्जारौंको संख्यामा मानिसहरुले एडभान्स बुकिङ गराएका छन् । रेष्टुरेन्टका मालिक सेब लियोलका अनुसार उनी ग्राहकलाई एउटा भिन्न र स्वतन्त्र महसुस गराउन चाहन्छन् । यसै कारण उनले यस्तो रेष्टुरेन्ट खोल्ने सोच बनाएको जानकारी दिए ।


विशेष कुराः

रेष्टुरेन्टलाई थुप्रै भागमा बाँडिएको छ । सबै बाँसले बनेको छ ।
खाना माटोले बनेको भाँडामा मात्र दिइन्छ ।
ग्राहकलाई बसाउनका लागि काठको फर्निचर बनाइएको छ ।
खानालाई पनि ग्याँसको सट्टा दाउरा बालेर आगोमा पकाइन्छ, हाम्रो गाउँघरतिर बनाइने जस्तै ।
ग्राहकलाई चेन्जिङ रुम र लकरको सुविधा दिइएको छ । साथै क्याबिनबाट रेष्टुरेन्टसम्म जान गाउन पनि दिइन्छ । यहाँ आगन्तुकले फोटो वा सेल्फी खिच्ने अनुमती दिइएको छैन ।
तस्बिरहरु हेर्नुहोस् :

No comments:

Post a Comment