Friday, 27 January 2017

प्रधानमन्त्रीलाई भेटेर ओलीले के भने ?


काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन र निर्वाचनमा गम्भीर बन्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीसँग भेट गरी ओलीले देशप्रति गम्भीर बन्न आग्रह गरेका हुन् । पार्टी निकट लोकतान्त्रिक तामाङ संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने– ‘संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भइरहेका छन् । हाम्रो यसमा ध्यानकेन्द्रीत भएको छ । मैले आजै विहान प्रधानमन्त्रीसँग भेट गरी देश संकटतर्फ जानुहुँदैन् गम्भीर हुनुस् भनेको छु ।’

उनले परिवर्तनविरुद्ध भइरहेका षडयन्त्रलाई एमालेले विफल पारेरै छाड्ने बताए ।

No comments:

Post a Comment