उनको साथबाट विजुली मिटर एक थान र सिल विजुली मिटर दुई थान पनि बरामद गरिएको छ । उनलाई आवश्यक कार्वाहीको लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, चावहिलस्थित मुरारी थापाले संचालन गरेको टेम्पु चार्जिङ्ग काराखानाबाट विजुली मिटर एक थान, विजुली मिटर सिल दुई थान बरामद गरेको छ । ललितपुर इमाडोलस्थित रमेशकुमार लुनियाले संचालन गरेको बोतल कारखानाबाट विजुली मिटर एक थान, विजुली मिटर सिल चार थान बरामद गरिएको छ ।
त्यस्तै, प्रहरी टोलीले विहीबार कपनमा रहेको रामकृष्ण ढुंगेलले संचालन गरेको सवनम प्लाष्टिक उद्योगबाट पनि विजुली सिल दुई र विजुली मिटर एक थान बरामद गरेको छ । उद्योगका सञ्चालक भने फरार भएका छन् ।
यसअघि महाशाखाको प्रहरी टोलीले विगत लामो समयदेखि काठमाण्डौ उपत्यका बाहिरी जिल्लाका विभिन्न कलकारखानाबाट विद्युत चोरी गरी लोडसेडिङ गराउन मद्दत गर्ने कर्मचारी सहित १९ जनालाई पक्राउ गरेको थियो
No comments:
Post a Comment