Friday, 27 January 2017
पहिलो प्रेम, यौन सम्पर्क, गर्भपतन र अन्तमा आत्महत्या - बांके किशोरीको सुसाइट नोट सहित
नेपालगन्ज । जब जनताको ज्यू ज्यानको सुरक्षा गर्नु पर्ने राष्ट्रसेवक कर्मचारीकै कारण कुनै किशोरीले अनाहकमा मृत्युवरण गर्नु पर्ने बाध्यतामा पार्छ भने तपाई आफै भन्नुस हामी कसलाई बिश्वास गर्ने ?
प्रसङ्ग हो बाँकेमा घटेको एक दर्दनाक घटनाको । जुन घटनामा एक सुरक्षाकर्मीले १५ बर्षकी किशोरीको सर्वस्व लुटेर उनलाई मर्न बाध्य बनायो ।
अझ पीडित परिवार दुखित यसमा भएका छन् कि न्यायका खातिर प्रहरी प्रशासनमा उजुरी दिएकोमा ति निकायले उजुरी दर्ता गर्न इन्कार गरे ।
घटना हो बाँके महादेवपुरीको । ति सुरक्षाकर्मीले १५ बर्षिया बालिका पार्वतीलाई मायाजालमा पारे । नाबालक रहेकै अवस्था देखि विवाह गर्छु भनी ललाई फकाई झुक्यानमा पारी निरन्तर रुपमा निज राम बहादुर वली (परिवर्तित नाम) ले बारम्बार यौन शोषण गर्ने गरेको पीडित किशोलीले लेखेको सुसाइट नोटबाट प्रष्ट हुन्छ ।
यौनशोषणका कारण रहेको गर्भलाई पनि अनुचित दवावमा पारि गर्भपतन गराउन बाध्य पारेका रहेछन् ति प्रेमको नाटक गर्ने ति ब्यक्तिले ।पीडित किशोरीले बारम्बार विवाह गर्न आग्रह गर्दा उनी र उनका बाबु समेतले गाली गल्लौज र अपशब्द प्रयोग गरि यातना समेत दिने गरेका कारण बाध्य भई आत्महत्या गर्न परेको मृतक किशोरी पार्वतीले मृत्यू हुनुपूर्व आफैले लेखेको सुसाईड नोट (मृत्यूकालीन घोषणा) को अध्ययनबाट प्रष्ट हुन्छु ।
पढ्नुहोस पीडित किशोरीले आफनै हातले लेखेको मृत्युकालिन घोषणाका अंशहरु ।
‘म कसरी बाँचु बाँच्ने बाटो नै छैन । प्रेमको बाबुले पनि गाउँ भरि मलाई के के भन्नु भएछ । जहाँ देख्यो त्यहि मार्छु भन्ने, र…, बे.., पात…, मेरो छोराको पछि लाग्ने भन्नु भएछ ।
मलाई रण्डी बनाउने आफनो छोराले अहिले मेरै बेइज्जत गरि प्रेमले पनि बिहे गर्छु भनेर ३,४ बर्ष आफ्नो इच्छा पुरा ग-यो ।
अहिले गाउँभरि बेइज्यत भयो बिहे गर भन्दा बिहे गर्दिन भन्छ । घरमा बिहे नगर भनेकाले तलाई कसरी बिहे गरौ भनेर टाढा भयो । म अरुसंग बिहे गरेर कसरी उसलई खुसी दिन सक्छु ?
प्रेमले आजसम्म म देखि जति लग्नु थियो त्यो लगी सक्यो । अव किन बिहे गथ्यो र ? प्रेम र उसको बाबुले मेरो बेइज्जत गरेकाले अव बाँच्ने ठाउँ पनि छैन । बाँचु पनि कसरी ?
मेरो कुमारी गुमी सकेको छ’, प्रेमकै कारणले म मर्न बाध्य भएकी किशोरीले सुसाइड नोटमा आफ्नो प्रेमीको नम्बर समेत उल्लेख गरकी छिन ।
मर्न बाध्य हुनु परेको कारण खुलाउदै यौनशोषण परेर आत्मसम्मानमा आँच पुगेको अनुभुति गरेकी किशोरी पार्वतीले ‘आफुलाई अन्याय गर्नेको पनि बहिनी भएको र उसलाई पनि मलाई जस्तै बास्तविक पीडाको अनुभुति गर्न सक्ने’ औल्याएकी छिन ।
मृत्युकालिन धोषणामा उनले अगाडी लेखेकी छिन्, ‘आजसम्म उसले भनेका सबै कुरा मानेर उसले मेरो यो गति बनायो । मेरो पनि केही सपना थिए होलान ।
यहि पापीले गर्दा मर्न बाध्य गरायो । गाउँमा हिड्न पनि लाज गरायो । त्यो पापीले पछि बिहे गर्छु भनी गर्भमा रहेको बच्चा औषधी खुवाई फाल्न लगायो ।
पछि बिहे गर्न भनी फकाएकाले उसले जे जे भन्छ त्यहि मान्न बाध्य भए । प्रेमले गर्दा म मर्न परेको हो । म मरेर प्रेम कति दिन खुसी हुँदो रहेछ ? पापीले मर्न बाध्य बनायो । पापी कै कारण मर्न परेको मम्मी बाबा बाँच्ने मन त थियो ।
त्यहि पापीले खुसी भएर बाँच्न पनि दिएन । बाँचेर पनि म अरुसंग बिहे गरेर उसलाई खुसी दिन सक्दिन त्यसैले म मर्दैछु । मलाई सम्झी नरुनु है । बैनी छे । उसकै मुख हेरी मन बुझाउनु । मलाई पापीले बाँच्न पनि दिएन । मेरो पनि सपना थियो । तर पापीले गर्दा मर्नु प¥यो । गाउँमा त भन्लान मरेर तेले के पाई ।
म मरेर केही पाउनु पनि छैन । मेरो बेइज्यती गराएकाले म मरेकी हुँ । म मरेर गए पनि मेरो एक दुई जोर कपडा मात्र जलाउनु । बाँकी बैनी पुतलीले लगाउछे । बैनी त कपाल नकाट है । जति आउछ आउन दे । मैले भनेको त मान्छेसनी ।’
पीडित किशोरी पार्वती वलीले कक्षा १० उर्तिण गरी उच्च शिक्षा अध्ययन गर्ने तयारी गरीरहेकै अवस्थामा मिति २०७३ भदौ २३ गते दिउ“सो आफ्नै घरको माथिल्लो तलाको बलोमा डोरीले पासो लगाई झुण्डिई आत्महत्या गरेको बताइन्छ ।
लाचार प्रहरी प्रशासन
किशोरी आत्महत्या घटनामा पीडित परिवारले अपराध अनुसन्धान गरि पीडक उपर कारवाहीको माग गर्दै दायर गर्न खोजेको जाहेरी दर्ता गर्न प्रहरीले इन्कारी गरेको पीडित परिवारले जनाएका छन् ।
किशोरीले आत्महत्या गर्नु पूर्व लेखेको सुसाइड नोटबाट प्रेमीका कारणले मृत्यु अगाल्न बाध्य भएको स्पष्ट पारेपछि प्रहरीले प्रेमी विरुद्ध उजुरी दिन खोजेको थियो ।
आफ्नो छोरी नाबालक उमेर रहेकै अवस्थामा पीडकले प्रेम जालमा पारी यौन शोषण गरेको सुसाइड नोटबाट स्पष्ट भएको जानकारी गराउ“दै पीडित परिवारले जोहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय बाके र जिल्ला प्रशासन कार्यालय बाके पुगे पनि जाहेरी दर्ता गर्न अस्वीकार गरिएको बताएको छ ।
पीडित परिवारले जबर्जस्ती करणी, गर्भपतन, मानसिक यातना कसुरमा पीडक प्रेमी विरुद्ध उजुरी दर्ता गराउन खोजेको थियो ।असोज २ गते इलाका प्रहरी कार्यालय कोहलपुरले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि मृतक किशोरीका बुबा कर्ण बहादुर वली जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा बाके पुगे पनि उजुरी दर्ता गरिएन ।
अदालतले भन्यो कारण देखाउ
प्रहरी प्रशासनले पीडित परिवारले दायर गर्न खोजको जाहेरी दर्ता नगरेको बिषयमा परेको रिट निवेदनका सम्बन्धमा उच्च अदालत इजलास नेपालगन्जले बिपक्षीहरुका नाउमा कारण देखाउ आदेश गरेको छ ।
प्रेमीका कारण आत्महत्या गर्न बाध्य भएको सुसाइड नोट लेखेर एक किशोरीले आत्महत्या गरेपछि पीडित परिवारको जाहेरी प्रहरी प्रशासनले दर्ता गर्न अस्वीकार गरेको घटनामा पीडित परिवार बुधबार उच्च अदालत पुगेको थियो ।
उच्च अदालतका न्यायाधीश बिर बहादुर डाँगीको एकल इजलासले निवेदन उपर बिहीवार सुनुवाई गर्दै १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको पीडितका तर्फबाट बहस गरेका अधिवक्ता लोक बहादुर शाहले जानकारी दिए ।
मुद्दामा पीडितहरुका तर्फबाट अधिवक्ता शाहका साथै सुनिल कुमार श्रेष्ठ,पवन कुमार गुप्ता, बिश्वजित तिवारी लगायतका कानून ब्यवशायीहरुले बहस पैरवी गरेका थिए ।
‘मृतक नावालक रहेकै अवस्था देखि बिवाह गर्छु भनी ललाई फकाई झुक्यानमा पारि यौन शोषण गरेको, गर्भपतन समेत गराएको र अहिले बिवाह गर्दैन भनेका कारण आत्महत्या गरेको भन्ने कुरा सुसाइट नोट बाट देखिन्छ’, पीडितका कानून ब्यवसायी अधिवक्ता लोक बहादुर शाहले भने, ‘मृतकले आफ्नो मृत्यु हुनु पुर्व लिखित रुपमा भनेको कुरा कानूनतः मृत्युकालिन शोषणाको रुपमा मान्यता पाउछ ।’
उनले उक्त मृत्युकालिन घोषणाको आधारमा यौन शोषण, बलत्कार र गर्भपतनमा अपराधको अनुसन्धान अपराधको अनुसन्धान गरि पीडित परिवारलाई न्यायको अनुभुति दिलाउनु पर्नेमा जोड दिए ।
उजुरी दर्ता नगरेको बारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेक प्रसाद राईले पहिले पीडित परिवारले आत्महत्यामा जाहेरी दिएकोले एउटै घटनामा दुईवटा जाहेरी नलिएको बताए ।
पीडक भनेको ब्यक्ति पनि प्रहरी भएको र पीडित भनीएकी किशोरीको दाई पनि प्रहरी भएको हुँदा पहिले यो मुद्दाको बिषयमा महिला सेलमा कुराकानी भएको जानकारी दिए ।
उजुरी एउटामा दर्ता भै सकेको त्यसैबाट घटनाको अनुसन्धान गर्न सकिने भन्दै यौन शोषण, गर्भपतन भनिएका घटनाको घटनास्थल मुचुल्का नभएको र प्रमाणको अभावमा के मा टेकेर मुद्दाको अुसन्धान गर्ने भन्ने बारेमा बिचार बिमर्श भैरहेको प्रहरी उपरिक्षक राईले बताए ।
Labels:
Rochak Khabar
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment