Friday, 27 January 2017

माउसुली भगाउने उपाय

newsabhiyan
काठमाडौँ । घरमा स–साना किरा, झिागा, भुसुना खाने भए पनि विष हुने भएकाले माउसुली परिवारको स्वास्थ्यमा जोखिम हुन्छ । त्यसो त माउसुली भगाउने विभिन्न औषधि बजारमा पाइन्छन् । तर, घरेलु उपायबाट माउसुली भगाउनु उत्तम हुन्छ । माउसुली भगाउन सघाउने केही घरेलु टिप्स यस्ता छन् :

कफी पाउडरलाई सुर्तीको धुलोमा मिसाएर स–साना डल्लो बनाई माउसुली हिँड्ने बाटोमा राख्ने । माउसुलीले उक्त डल्लो खायो भने मर्नेछ र खाएन भने पनि अवश्य भाग्नेछ ।

कीटनाशक औषधि मानिने कपुरलाई किताब तथा कपडा राखिएको दराजमा राख्न सकिन्छ । कपुर राखेको स्थान वरिपरि माउसुली देखापर्दैन ।

माउसुली मयुरको प्वाँख देखेर त्यो सर्प हो भन्ने भ्रममा पर्छ । सर्पले आफूलाई खान्छ भन्ने डरले माउसुली मयुरको प्वाँख राखिएको ठाउँनजिक आउँदैन ।

पानी तथा मरिचको पाउडर मिलाएर त्यसको घोल तयार गर्नुहोस् । यसलाई आफ्नो किचेन, बेड तथा बाथरुमलगायत ठाउँमा स्प्रे गर्नुहोस् । यसको गन्धले माउसुली भाग्छ ।

बरफ भएको चिसो पानीले घरको भित्तामा स्प्रे गर्नाले चिसो सहन नसकी माउसुली भाग्नेछ । यस्तो स्प्रे लगातार केही दिनसम्म गर्दा माउसुली भाग्न बाध्य हुनेछ । पानी हालेपछि माउसुली भुइँमा खसेमा त्यसलाई डस्टबिनमा हालेर बाहिर फ्याँकिदिनुपर्छ ।


प्याजलाई मसिनो गोलो चक्कामा काटेर त्यसलाई बाँधेर बत्तीको नजिकै झुन्ड्याउनुहोस् । यसबाट बत्तीनजिक आउने माउसुली भाग्छ ।

प्याजमा सल्फरको मात्रा धेरै हुने कारण यसबाट निस्कने कडा दुर्गन्धले माउसुली भाग्छ ।
अन्डाको बोक्राको कुनै पनि गन्ध हुँदैन । जसले गर्दा माउसुलीलाई यो ठाउँ कुनै ठूलो जीवको वासस्थान भन्ने भ्रम पर्न जान्छ । यसरी माउसुलीले अन्डाको बोक्रा राखेको ठाउँ छोडिदिन्छ । अन्डाको बोक्रा तीन–चार हप्तामा बदलिराख्नुपर्छ ।


एउटा स्प्रे गर्ने बोतलमा प्याजको रस र पानी भर्नुहोस् । साथै, यसमा लसुनको रसको केही थोपा राखेर राम्रोसँग घोल्नुहोस् । अब यसलाई घरको हरेका कुनामा छर्कनुहोस् । यसबाट माउसुली टाढा भाग्छ । नयाँ पत्रिकाबाट

No comments:

Post a Comment