Monday 30 January 2017

प्रचण्डलाई फासी दिन्छौ, नसके आत्महत्या गर्छौ : बिक्रम बम

प्रचण्डलाई फासी दिन्छौ, नसके आत्महत्या गर्छौ : बिक्रम बम


इमान्दार मिडिया संवाददाता ।


काठमाडौँ १५ माघ ।

राष्ट्रिय शिब सेना पार्टीका अध्यक्ष बिक्रम बमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफुहरुले फासी दिने बताएका छन् । 

काठमाडौँको सातदोबाटोमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यदी आफुहरुले त्यसो गर्न नसके आत्म हत्या गर्ने समेत घोषणा गरेका छन् । 

अहिलेको संविधान असंवैधानिक र असुरक्षित भएको र यसले नेपाललाई अफगानिस्तान बनाउने समेत उनको दाबी छ । नेपाललाई विखण्डन र विभाजिततर्फ लग्ने संबिधानले मजदुरहरुको पनि हित गर्न नसकने उनको तर्क छ  ।

नेपाल राष्ट्रिय बोर्डिंग स्कुल भाडा बस व्यवसायी संघले शनिबार सातदोबाटोमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।


इण्डियाको एयरमार्शल नेपालको एयरपोर्टमा राखेर प्रचण्डले नेपाललाई सिक्किमीकरण गर्न खोजेको उनले लागेको आरोप लगाए । 

'नेपालका राजा ज्ञानेन्द्र, यहाँका सुकुम्बासी जनतालाइ प्रचण्डले विस्तापित गरिसके, अहिले आफ्ना नयाँ व्यवसायीलाई खडा गरेर पुराना स्वरोजगार यातायात व्यवसायीहरुलाई विस्तापित गर्ने योजना बनाएर लागिपरेका छन् ।' उनले भने, 'हामीले अब प्रचण्डलाई सरकारबाट विस्तापित गर्छौं।'

यसअघि समाचारमा राष्ट्रिय सिबसेना पार्टी हुनुपर्नेमा अन्यथा भएकोले सम्पादक मण्डल क्षमाप्रार्थी छ ।

No comments:

Post a Comment