Friday, 27 January 2017

बोक्सीको आरोपमा फेरी अर्की महिलामाथि चरम हिंसा घरमालिकसँग उठबस गर्न नमान्दा बोक्सी आरोप लगाईयो : पीडित -

यमुना खनाल, कुटपिट गर्दा च्याति दिएको साडी देखाउँदै
सिरहा । सिरहाकी एक महिलालाई आफूले काम गर्दै आएको गृहत (जमिनदार)ले बोक्सीको आरोप लगाएर कालो मोसो दली, कपाल काटेर , मरणासन्न हुने गरी कुटपिट गरेका छन् । पीडित महिलाले शुक्रवार लहानमा पत्रकार सम्मेलन गरी आफूहरू परिवारै जमिन्दारका घरमा काम गर्न बसेको र जमिन्दारले आफूलाई बोक्सी आरोपमा कुटपिट र दुर्व्यहार गरेको बताइन् ।

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर चार कुसाहा लक्ष्मीनियाका गृहत (जमिनदार) विश्व प्रसाद यादव र गुमुस्ता यादवले आफ्नै घरमा काम गर्न राखेको ‘हरुवा’की बुहारीलाई बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै कालो मोसो दलेर कपाल काटिदिएका हुन् ।

कुटपिटपछि यादवले दुईदिनसम्म आफ्नै घरको कोठामा थुनेर राखेको उनले बताइन् । घटना भएको दुई दिनपछि आफूले भागेर ज्यान जोगाउन सफल भएको ती महिलाले पत्रकार सम्मेलनमा बताईन् । कुटपिटपछि यादवले ज्यान मार्ने, काटेर घर भित्रै गाडी दिन्छु भन्दै चरम मानसिक यातना दिनुका साथै खान समेत नदिई राखेको उनले बताईन् ।

पीडित महिलाका ससुरा विश्व यादवका घरमा बसेर खेतीपातीको काम गर्छन् । मन्डल परिवारले नै सवै काम उतार्छन् । आफूले मजदुरी गरेको बनी धान माग्न जाँदा यादव परिवारले तँ मेरो घरमा आएपछि घरमा सबै बिरामी हुन थाले, तँ बोक्सी छस्, तैंले डाईन (बोक्सी ) लागेर मलाई सन्चो भएन भन्दै कोठा भित्र थुनेर कालो मोसो दली, कपाल काटी, दिसा खुवाएर कुटपिट गरेको पीडितले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।

विश्व यादवले आफ्नै खेतीपातीको काम सम्हालिदिने ती उनलाई आफूसँग बोल्न, जिस्किन, उसको छेउमा जाँदा घुम्टो नहाल्न, आफूसँग बस उठ गर्न भनेको, तर आफूले त्यस्तो काम गर्न नमानेपछि बोक्सी आरोप लगाएर कुटेको उनले बताईन् ।

दुई दिनसम्म थुनेपछि शौचालय गर्न बाहिर गएका बेला उम्कन सफल भएको उनले पत्रकार सम्मेलनमा बताईन् ।

पछाडीको भागमा काटिएको कपाल देखाउँदै पीडित
पीडित महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार गएका छन् । उनकी ६ वर्षीया छोरी छन् । बोक्सी आरोपमा कुटपिट गरेर ज्यान मार्ने धम्की दिएपछि पीडित एकहप्तादेखि भारतमा आफन्त कहाँ शरण लिएर बसेकी छन् । छोरी भने गाउँमै छोडेर आएको उनले बताईन् । घटना भएपछि छोरीसँग भेट्न नपाएको दुखेसो उनले गरिन् ।Image result for bokshi in nepal

यता घटना भएपछि घटनाबाट उम्कन र घटनालाई मोड्न पीडक विश्व यादवले आफूसँग एक दिन अगाडी झगडा भएको स्थानीय राज कुमार यादवलाई पोलेको पीडितको भनाइ छ ।

‘राजकुमारले जबरजस्ती करणी गरेको आरोपविरुद्धको निबेदन लेखाएर, मलाई जबरजस्ती सही छाप गर्न लगाई प्रहरीमा मुद्दा दिएको छ’ उनले पत्रकार सम्मेलनमा भनिन् । ‘निबेदनमा के लेखेको थियो, मलाई पढेर सुनाएनन् म आफू पढ्न लेख्न जान्दिनँ, ‘प्रहरीले मेरो स्वास्थ्य परीक्षण गर्न लहान ल्यायो, ममाथि जबरजस्ती भएको थिएन स्वास्थ्य परीक्षणमा केही देखिएन त्यसपछि झूटो आरोप लगाएर प्रहरीमा निबेदन दिन आएको भन्दै प्रहरीले थुनी दिन्छु भनी गाली गर्यो’ उनले थपिन् ।

तर आफूलाई राजकुमार यादवले नभइ विश्व यादवले कुटपिट र दुर्व्यवहार गरेका भन्दै स्थानीयको सहयोगमा प्रहरीमा गएपनि प्रहरीले मुद्दा दर्ता गर्न नमानेको उनको गुनासो छ । प्रहरीले उजुरी लिन नमानेपछि स्थानीयको सहयोगमा उनले आरेक नेपाल लहानमा आएर आज पत्रकार सम्मेलन गरेर न्यायका लागि पहल गरिदिन आग्रह गरेकी हुन् । उनले आफूलाई बोक्सी आरोप लगाउदै कालोमोसो दलेर सामाजिक बेईज्जती गर्नुका साथै कुटपीट गर्नेलाई कडा कार्बाही गर्न माग गरेकी छन् !
साभार: महिला खबर डट कम


No comments:

Post a Comment